१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

३० लघुवित्तको संयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चले ‘ग्लोबल मनी विक’को अवसरमा ३० वटा लघुवित्त संस्थाहरूको संयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ। जसमा ३६५ जनाको उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत प्रथम चरणको मौन शान्तिपूर्ण र्‍याली मानपुर टपरा बजारमा भएको थियो। दोस्रो चरणमा डाइमन्ड होटल एन्ड पार्टी प्यालेसबाट सुरु भएको र्‍याली टेडिया चोक पुगेर पुनः डाइमन्ड होटेलमै फर्केर वित्तीय जागरण कार्यक्रम सञ्चालन गरिएको थियो।

उक्त कार्यक्रमको सभापतित्व मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड राजापुर शाखाका प्रबन्धक तथा यस मञ्चका अध्यक्ष पहराम जैसीले गरेका थिए। प्रमुख आतिथ्यता संविधानसभा सदस्य तथा पूर्वमन्त्री एवं युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक डा. गोपाल दहितले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि दहितले हालको समसामयिक अर्थतन्त्र र वित्तीय जगतको अवस्थाबारे धारणा राखेका थिए। हालको वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिलाई खण्डन गर्दै उनले सम्पूर्ण उपस्थितलाई वित्तीय जागृत भएर कर्जाको सही सदुपयोग गर्न आग्रह गरेका थिए।

उक्त कार्यक्रममा उपस्थितहरूले मार्क्स लगाएर शान्तिपूर्ण र्‍याली निकालेर नियमनकारी निकायलाई कर्मचारी सुरक्षाको विषयमा मौन रहेको भनी व्यंग्य गरेको कार्यक्रम आयोजक समितिका लोकेन्द्र खड्काले जानकारी दिए।