१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २२:२२:oo

दाङमा मोटरसाइकल र बस आपसमा ठोक्किएर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। 
शनिबार साँझ राजपुर गाउँपालिका– ५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुलनजिक दुर्घटना भएको हो। 

गंगदीतर्फ जाँदै गरेका रा. १ख २३६० नम्बरको यात्रुबाहक बस र पूर्वतर्फ आउँदै गरेको रा. ७प २०७ नम्बरको मोटरसाइकल ठोक्किँदा राजपुर गाउँपालिका– ५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको हो। 

मोटरसाइकलमा सवार प्रमोदको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

ad
ad