१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले कास्कीको अधिवेशन तयारी पूरा, ९३५ प्रतिनिधि सहभागी हुने

उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारीको शक्ति परीक्षण हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:o१:oo

नेकपा एमाले कास्कीको ११औँ जिल्ला अधिवेशन शनिबारदेखि पोखरामा सुरु हुँदै छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टीले जानकारी दिएको हो।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आइतबारसम्म चल्ने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले कास्कीका अध्यक्षसमेत रहेका अधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक मनबहादुर गुरुङले जानकारी दिए। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए।

अधिवेशनले एक सय २० सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ। त्यसपछि थप १० प्रतिशत मनोनीत र थप १० प्रतिशत अन्य पार्टीबाट आएकाहरूलाई समेटेर एक सय ४१ सदस्यीय कमिटी गठन हुने उनले जानकारी दिए।

अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष गुरुङ, संगठनात्मक प्रतिवेदन लेखनका लागि सचिव बैनबहादुर अधिकारी क्षेत्री, आर्थिक प्रतिवेदन लेखनका लागि कोष तथा वित्त व्यवस्थापन विभागका प्रमुख चिरञ्जीवी पोखरेललाई संयोजक तोकिएको छ।

अधिवेशनमा ९३५ प्रतिनिधिको सहभागिता रहने एमाले कास्कीका उपसचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक दर्शन लामाले जानकारी दिए। अधिवेशनमा जिल्लास्थित ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तीन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी उनीहरू चयन भएका हुन्। प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको लामाको दाबी छ।

उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारीको शक्ति परीक्षण हुने
नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा पार्टीका उपमहासचिव लमजुङका पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य कास्कीका खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुनेछ। दुवैजना पार्टी अध्यक्ष ओलीनिकट हन्। केन्द्रमा सम्बन्ध राम्रोजस्तो देखिए पनि प्रदेशमा भने उनीहरूले ‘शक्ति संघर्ष’ देखिने गरेको छ।

यसअघि गत असोजमा सम्पन्न पार्टीको प्रदेश कमिटी निर्वाचनमा समेत गुरुङ र अधिकारी पक्षको गुटको लडाइँ हेर्नलायक थियो। प्रदेश निर्वाचनमा गुरुङ गुटलाई पार्टी उपाध्यक्ष विष्णु पौडेल तथा अधिकारी गुटलाई पार्टी अध्यक्ष ओली र महासचिव शंकर पोखरेल गुटले समर्थन गरेका थिए। निर्वाचनमा गुरुङ गुटले सम्पूर्ण पदाधिकारीसँगै सदस्यमा सानदार जित हात पार्दा अधिकारी गुटले भने केही सदस्यमा मात्र जित निकालेको थियो।

यसअघिका जिल्ला अधिवेशनको नर्वाचन होस् वा ०७९ सालमा सम्पन्न तीन तहको निर्वाचन, दुई पक्षको ‘संघर्ष’ छताछुल्ल भएको थियो। विशेष गरी पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कसको पक्षको हुने भन्ने लडाइँ पोखरादेखि केन्द्रसम्मै छताछुल्ल भएको थियो।

पोखराको मेयरका लागि गुरुङ पक्षका दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय केन्द्रले गरे पनि टिकट खोसेर अधिकारीले अन्तिम समयमा आफ्नो पक्षका कृष्ण थापालाई उम्मेदवार बनाउन सफल भएका थिए। गुरुङ पक्षका पौडेलले टिकट पाएपछि अधिकारी पक्षले १० वर्षअघिको एक भिडियो सामाजिक सञ्जालमा भाइरल गराएका थिए। सोही भिडियोको कारण पार्टी केन्द्रले पौडेलले पाएको टिकट अन्तिम समयमा खोसेर थापालाई दिने निर्णय गरेको थियो। यद्यपि, थापा पराजित भएका थिए। थापाले टिकट पाएपछि उनलाई हराउन गुरुङ पक्षले भित्री रूपमा काम गरेकाे बताइन्छ।

अध्यक्षमा तीनजनाको चर्चा
नयाँ अध्यक्ष बन्नका लागि हाल तीनजना चर्चामा रहेका छन्। उनीहरूमध्ये दुईजना गुरुङ गुटका र एकजना अधिकारी गुटका रहेका छन्। गुरुङ गुटबाट माधव बास्तोला र दीपक पौडेलको नाम चर्चामा छ भने अधिकारी गुटबाट बैनबहादुर अधिकारी क्षेत्रीको नाम चर्चामा छ।

प्रदेशमा गुरुङ गुट बलियो देखिए पनि अधिकारी कास्कीकै भएकाले कास्कीमा अधिकारी गुटको अवस्था केही बलियो रहेको आकलन छ।

ad
ad