Skip This
नक्कली प्रमाणपत्र पेस गरेपछि सइलाई कैद र जरिवाना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ८ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ८ बिहीबार १८:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली प्रमाणपत्र पेस गरेपछि सइलाई कैद र जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ८ बिहीबार १८:५४:oo

नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको भन्दै नेपाल प्रहरीमा कार्यरत एकजना सइ दोषी ठहर भएका छन्। विशेष अदालतले शुक्रबार उक्त मुद्दामा फैसला गर्दै कसुर कायम हुने फैसला गरेको हो।

नेपाल प्रहरीका सइ राजनसिंह भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा फैसला गर्दै कैद तथा जरिवाना हुने फैसला भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिनका क्रममा प्रहरी नायब निरीक्षक (सइ) भण्डारीले बढुवा प्रयोजनका लागि नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो।

अख्तियारले छानबिनपछि ५ जेठ २०७७ मा मुद्दा दायर गरेको थियो। असइ भण्डारीले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषदबाट शैक्षिक योग्यताको झुठा प्रमाणपत्र लिएको पुष्टि भएको छ।

विशेषले भण्डारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायणसिंह राईको इजलासले यस्तो फैसला गरेको हो।