१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोदालो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:४९:oo

बैतडीको डिलासैनीमा एक पुरुषले कोदालोको बिँड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। डिलासैनी गाउँपालिका– ७ धामीगाउँका ६५ वर्षीय कृष्ण धामीले कोदालोको बिँड प्रहार गरेर श्रीमती पार्वती धामीको  हत्या गरेका हुन्।

श्रीमतीको टाउको र अनुहारमा प्रहार गरेपछि उनले छेउकै कोठामा डेरा गरेर बसेका पालिकाका कर्मचारी सुवास कलौनी र पालिकाकै कार्यालय सहयोगी देवराज भट्टमाथि पनि आक्रमण गरेर घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइतेहरूको टाउको र अनुहारमा चोट लागेको छ भने उपचारका लागि हेलिकाेप्टरबाट कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। घटनामा संलग्न धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

ad
ad