१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘विशेष परिस्थिति’ घोषणा गरी सडक दुर्घटना न्यूनीकरणमा जुट्न सांसदको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:२९:oo

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न विशेष परिस्थिति घोषणा गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

बैठकको आकस्मिक समयमा सांसदहरूले सडक सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरे।  सांसद विमला घिमिरेले सडक दुर्घटनाका समाचार दिनप्रतिदिन बढ्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनाका घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न आग्रह गरिन्। 

‘दिनप्रतिदिन बढ्दो दुर्घटनाले हाम्रा सडक कति असुरक्षित छन् भन्ने देखाएको छ । जीर्ण सडक, चालकको लापरबाही, सवारीसाधनको बिग्रँदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको छ,’ उनले भनिन्, ‘सवारीसाधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिन आग्रह गर्दछु।’

सांसद जयन्ती राईले सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग आग्रह गरिन्। 

सांसद कृष्णबहादुर रोकायले बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद मायाप्रसाद शर्माले सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे। 

सांसद मोहम्मद खालिदले सडक दुर्घटनाबाट हुने मानवीय क्षति डरलाग्दो भएको उल्लेख गर्दै साँघुरा सडक, सवारीसाधनको दूरवस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको बताए। 

सांसद तुलप्रसाद विश्वकर्माले देशव्यापी रूपमा सडक दुर्घटनाका घटना वृद्धि भएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न आग्रह गरे। 

ad
ad