Skip This
‘इन्साइडर ट्रेडिङ’का अभियुक्त न्यौपाने सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ६ मंगलबार
  • Tuesday, 13 May, 2025
शिल्पा कर्ण काठमाडाैं
२o८o चैत ६ मंगलबार १८:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘इन्साइडर ट्रेडिङ’का अभियुक्त न्यौपाने सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत ६ मंगलबार १८:२५:oo

इन्साइडर ट्रेडिङको अभियोग लागेका गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणमा पनि दोषी पाइएका छन्। विशेष अदालतले मंगलबार उनीमाथि कसुर कायम गर्दै सजाय निर्धारणका लागि अर्को पेसी तोकेको हो। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। यसै मुद्दाका अर्का प्रतिवादी कुवेरमणि नेपालले भने सफाइ पाएका छन्। 

न्यौपाने र नेपाललाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १३ कात्तिकमा मुद्दा दायर गरेकोमा पाँच महिना नपुग्दै फैसला आएको हो। विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार १५ चैतका लागि सजाय निर्धारणको पेसी तोकिएको छ। 

न्यौपाने रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष थिए। उनले उक्त कम्पनीको सेयर पदमा बहाल रहेकै बखत खरिद-बिक्री गरेकाे भेटिएको थियो। यस कार्यमा नेपालले सहजीकरण गरेको विभागको अनुसन्धानले देखाएपछि उनलाई समेत प्रतिवादी बनाइएको थियो। 

उनीहरू दुवैको मिलेमतोमा २०७७ चैतदेखि २०७८ साउनसम्म सेयर खरिद-बिक्री गरिएको भेटिएको थियो। दुवै मिलेर एक करोड ९९ लाख रुपैयाँभन्दा बढी आर्जन गरेको दाबीसहित मुद्दा दायर भएको थियो।