१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर ।
कमलराज भट्ट काठमाडौं
२o८१ जेठ २ बुधबार १२:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सहकारी ठगीकाे छानविन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेसकाे माग

कांग्रेसले भन्याे, ‘प्रधानमन्त्रीबाट छुट्टै जवाफ चाहियाे’

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:११:oo

बिहान ११ बजेबाट सुरु हुनुपर्ने प्रतिनिधिसभाको बैठक अझै बस्न सकेको छैन। सहकारी ठगी प्रकरणमा कांग्रेसले प्रधानमन्त्रीबाट छुट्टै जवाफ मागेपछि बैठक सुरु हुन ढिलाइ भएको हो।
कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार कांग्रेसले सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउन माग गरेको छ। कांग्रेसको माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा अहिले प्रधानमन्त्री र प्रतिपक्षी दलबीच छलफल चलिरहेको छ। 

प्रधानमन्त्री–सांसद प्रश्नोत्तरअघि आफूहरूको चासो सम्बोधन गर्नुपर्ने कांग्रेसको भनाइ छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार आज प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ। 

सत्तागठबन्धन फेरिएसँगै रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका छन् । सहकारीको रकम ठगीमा संलग्न रहेको भन्दै उनीविरुद्ध पोखराका बचतकर्ताहरूले प्रहरीमा उजुरी दिएका छन् । 

त्यसैलाई समाएर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम हिनामिनाको अभियोग लागेका व्यक्तिलाई छानविन गर्ने निकाय गृह मन्त्रालयको नेतृत्व सुम्पिएको भन्दै राजीनामा मागिरहेको छ । साथै, सदनमा यसबारे प्रधानमन्त्रीले जफाव दिनुपर्ने भन्दै लगातार संसद्मा आवाज उठाइरहेको छ । 

ad
ad