१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रिलायबल प्राइभेट इक्विटी फन्ड र अकामा होटेलबीच लगानी सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:३९:oo

कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित रिलायबल प्राइभेट इक्विटी फन्डले पाँचतारे अकामा होटेल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा भएको उक्त सम्झौतामा फन्डको तर्फबाट कोष व्यवस्थापक प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र होटेलका तर्फबाट होटेलका अध्यक्ष विनयकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार रिलायबल प्राइभेट इक्विटी फन्डले अकामा होटेलमा २२ करोड ५० लाख रुपैयाँ लगानी गरी प्राथमिक सार्वजनिक निष्कासनपश्चात् कायम रहने सेयर पुँजीको १० प्रतिशत रकमबराबरको सेयर खरिद गर्नेछ। 

रिलायबल प्राइभेट इक्विटी फन्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो। यसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरेको छ।

यस कोषको मुख्य उद्देश्य सूचीकृत नभएका संस्थाहरूमा लगानी गरी सो संस्थाहरूलाई एक वैकल्पिक वित्तीय स्राेत  उपलब्ध गराउनु रहेको बताइएको छ।

ad
ad