Skip This
राष्ट्रपतिद्वारा महोत्तरीमा सहिदहरूको प्रतिमा अनावरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा महोत्तरीमा सहिदहरूको प्रतिमा अनावरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीमा सहिदहरूको प्रतिमा अनावरण गरेका छन्। शनिबार मटिहानीमा सहिद केशव कोइरालाको र स्व. गणेश नेपालीको प्रतिमा अनावरण गरेका हुन्।

मटिहानीमा प्रतिमा अनावरणपश्चात् सम्बोधन गर्दै उनले मटिहानी–जलेश्वर–जनकपुर–सिन्धुली–ओखलढुंगा हुँदै सगरमाथा जोड्ने सडक क्रान्तिको करिडोर रहेको बताए। २०२२ सालमा मटिहानीमा सहादत प्राप्त गरेका सहिद केशव कोइरालालाई सम्झँदै राष्ट्रपति पौडेलले सहिदहरूकै बलिदानीले आज देशले लोकतन्त्र र गणतन्त्र देख्न पाएको बताए।

प्रजातान्त्रिक आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने रामनारायण मिश्र, शरदप्रसाद कोइराला, महेन्द्रनारायण निधि, भद्रकाली मिश्र, केशव कोइराला, भोजप्रसाद उपाध्याय, महेश्वरप्रसाद सिंह, बलराम शर्मा, महेश कोइराला, दुर्गानन्द झा, श्रीधर झा र अरविन्द ठाकुरलगायतका नेताहरूलाई समेत राष्ट्रपति पौडेलले स्मरण गरे।

मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमा अनावरणपूर्व राष्ट्रपति पौडेलले  स्व. गणेश नेपालीको प्रतिमा अनावरण गरेका थिए। बिहानै महोत्तरी सदरमुकाम जलेश्वर पुगेका पौडेलले पिपरास्थित स्व. रामनारायण मिश्रको प्रतिमामा माल्यार्पणसमेत गरे। माल्यार्पणपश्चात् जलेश्वरनाथ महादेव मन्दिर दर्शन गरी स्व. गणेश नेपालीको प्रतिमा अनावरण र मटिहानीस्थित लक्ष्मीनारायण मठ दर्शन गरी मटिहानीस्थित नेपालकै जेठो स्कुल संस्कृत माध्यमिक विद्यालयसमेत भ्रमण गरे।

जलेश्वरमा नगरप्रमुख सुरेश साह सोनार र मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए।

राष्ट्रपति पौडेलसँगै लोसपाका राष्ट्रिय अध्यक्ष तथा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर, प्रदेश सांसद रानी शर्मा तिवारीलयागतका अन्य सांसदहरूसमेत उपस्थित थिए।