१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० चैत २ शुक्रबार १२:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा पहिलोपटक बौद्ध शिक्षा पढाइ हुँदै

Read Time : < 1 मिनेट
२०८० चैत २ शुक्रबार १२:०६:००

मुगुको मुगुम कार्मारोङ गाउँपालिका– ३  चेजाङपुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ। जिल्लामै हालसम्म कुनै सरकारी  निकायबाट पहल नभएपछि  निजी लगानीमा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुन लागेको हो।

बौद्ध शिक्षाका लागि बर्सेनि मुगुम कार्मारोङका लामा समुदायका ५० देखि एक सयजनासम्म बालबालिका काठमाडौं  र भारत जाने गर्दछन्। रिम्पोचे हिस्से साम्फो र उनकी धर्मपत्नी रिम्पोचे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा गुम्बा निर्माण भएको हो। यही ओर्गेन डोढुल लिङ गुम्बामा पूजाआजा र बौद्ध शिक्षा पढाइ हुने गुम्बाका अध्यक्ष खेम्बो कार्मा राप्केले बताए।

नयाँ गुम्बाको निर्माण कार्य  पूरा भएपछि छोङ्ढुप पूजाको कार्यक्रममा विधिवत् रूपमा गुम्बा उद्घाटन गरिएको छ।  नवनिर्मित गुम्बाको लागत भने सार्वजनिक गरिएको छैन।

जिल्लाबाहिर गएर बौद्ध शिक्षा लिनुपर्ने बाध्यात्मक अवस्था अन्त्य भएसँगै स्थानीय लामा समुदायका सर्वसाधारण खुसी भएका छन्। अब पढाइकै लागि बालबालिकालाई आफ्नो गाउँबाट जानुपर्ने बाध्यता हटेको वडा नम्बर ४ कात्तिक गाउँका टासी तामाङले बताए।