मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format २१:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अरब सागरमा डुंगा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३५:oo

अरब सागरमा डुंगा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ।

गत ५ मार्चमा उक्त माछा मार्ने डुंगा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकोप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र बेपत्ता मछुवाको खोजीकार्य सुरु गरेका थिए। 

सेनाको जनसम्पर्क शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘करिब एक साताको अन्तरालमा १२ व्यक्तिको शव पानीको गहिराइबाट निकालिएको छ। बेपत्ता भएका अन्य दुईजनाको खोजी कार्य जारी छ,’ विज्ञप्तिमा भनिएको छ।

पाकिस्तानमा कमजोर सडक, असुरक्षित जलमार्ग, पुराना सवारीसाधन र चालकको लापरबाहीका कारण घातक यातायात दुर्घटनाहरू हुने गरेका छन्। 

पाकिस्तानी सेनाले यसअघि भारतीय सीमानजिकैैको खुला समुद्रमा ‘प्रतिकूल मौसमका कारण’ डुंगा पल्टिँदा डुंगामा चालक दलका ४५ सदस्य रहेको बताएको थियो।

पाकिस्तानमा मनोरञ्जनका लागि प्रयोग गरिने डुंगा र सानातिना काममा प्रयोग हुने मोटरबाट चल्ने डुंगा प्रायः ओभरलोड हुन्छन् जसले दुर्घटना निम्त्याउने गर्छ।  (रासस/एएफपी)