१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ढुंगेलदम्पतीले गरे माइली राईलाई १५ हजार सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:o२:oo

दुई दिनअघि श्रीमान् गुमाएकी नुवाकोटकी ५६ वर्षीया माइली राईलाई नुवाकोट बेलकाेटगढी नगरपालिका– ४ का रुद्र ढुंगेल र मीरा घिमिरेदम्पतीले सहयोग गरेका छन् । सोमबार नयाँ पत्रिकामा प्रकाशित ‘किरिया बसेकी माइलीलाई खानाको समेत समस्या’ शीर्षकको समाचार पढेपछि ढुंगेलदम्पती माइली राईकाे परिवार किरिया बसेको ठाउँ पशुपति क्षेत्र पुगेका थिए ।

उनीहरूले शव उठाएको ठाउँदेखि किरिया नउठुन्जेलसम्मकाे खर्च आफूले व्यहोरिदिने भने पनि पीडित परिवारले अरू खर्च दुःखले टरिसकेको, तर खानाको लागि ८–१० हजार भए हुन्छ भनेपछि आफूहरूले १५ हजार रुपैयाँ दिएर फर्किएको रुद्र ढुंगेलले बताए ।

आफूले दिएको त्यति रकमले उनीहरू असाध्यै खुसी भएको उनले बताए । नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ । छोरा र छोरी बेरोजगार छन् । आम्दानीको स्रोत केही छैन । पशुपति आर्यघाटस्थित किरियापुत्री भवनमा बसिरहेकी माइलीसँग बिहान–बेलुका खाने सामग्रीसमेत छैन । 

ad
ad