मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन तोडेर माओवादीले मतदातालाई धोका दियो : उपसभापति खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५९:oo

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर माओवादी केन्द्रले मतदातालाई राजनीतिक रूपमा धोका दिएको आरोप लगाएका छन्।

आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै खड्काले यस्तो बताएका हुन्।

‘यसपटक नेपाली कांग्रेसलाई मात्र होइन, निर्वाचनका वेला मतदातालाई दिएको वचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट राजनीतिक रूपमा ठूलो धोका भएको छ,’ खड्काले भने, ‘यसको जवाफ आममतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ।’

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका वाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। निर्वाचनका वेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन बनाएर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा जनतालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने वाचा गरेर जनतासँग मत मागिएको उनले स्मरण गराए।