१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:१५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

रेसुंगामा श्वासप्रश्वासका बिरामीलाई अक्सिजन कन्सनट्रेटर वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१५:oo

रेसुंगा नगरपालिकाले श्वासप्रश्वासका दीर्घ रोगीहरूलाई अक्सिजन कन्सनट्रेटर वितरण गरेको छ। दम र निमोनियाबाट पीडित भएकाहरूलाई लक्षित गरेर नगरपालिकाले ३२ थान विद्युतीय अक्सिजन कन्सनट्रेटर वितरण गरेको हो।

अहिले आवश्यकताका आधारमा नगरभित्रका २३ बिरामीले अक्सिजन कन्सनट्रेटरको उपयोग गरिरहेका नगरप्रमुख खिलध्वज पन्थीले बताए। रेसुंगा– ८ खानिगाउँकी ८४ वर्षीया सावित्रा बुढाथोकीको स्वास्थ्य अवस्था बुझ्न घरमै पुगेका नगरप्रमुख पन्थीले नगरको सहयोगले बिरामीमा प्राप्त खुसी देख्दा ठूलो सन्तुष्टि मिलेको बताए।

वितरण गरिएका मेसिन बिरामी निको वा मृत्यु भएपछि भने फिर्ता गर्नुपर्नेछ। तर, आवश्यकता पर्ने वेलासम्म प्रयोग गर्न सकिन्छ। मेसिन वितरण गरेपछि श्वासप्रश्वासको समस्याले पीडित बिरामी भएका विपन्न परिवारलाई ठूलो राहत हुने रेसुंगा– ८ का रुद्रबहादुर बुढाथोकीले प्रतिक्रिया दिए।

रेसुंगा– ३ का ६० वर्षीय मेघनाथ आचार्यले पनि गत कात्तिकदेखि नगरले दिएको विद्युतीय अक्सिजन कन्सनट्रेटरको उपयोग गरिरहेका छन्। गत वर्षदेखि दमको समस्याले पीडित आचार्यले अस्पतालमा आएर अक्सिजन लिने गरिरहेका थिए। तर, नगरले मेसिन वितरण गरेको र चिसोमा तत्काल अक्सिजन आवश्यक भएकाले सुविधा लिएका हुन्।

रेसुंगा नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा रचनात्मक कामहरू गरिरहेको छ। नगरकै पहलमा गुल्मी अस्पतालमा दुई महिनादेखि मिर्गौलाको डायलाइसिस सेवा सञ्चालन भएको छ। त्यस्तै, नगरले डाक्टरहरूलाई प्रोत्साहन रकम र उपकरण उपलब्ध गराएर गुल्मी अस्पताल तम्घासमै हाडजोर्नी सेवा सञ्चालन गरिरहेको छ।

त्यस्तै, निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया पनि गर्दै आएको छ भने महिला स्वयंसेविका र पत्रकारको स्वास्थ्य बिमाका योजना रहेको नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु घर्तीमगरले जानकारी दिइन्।