१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अहिलेको गठबन्धनले पर्सि नै राप्रपालाई खोज्ने दिन नआओस् : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:५९:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित चलखेलमा राप्रपा सहभागी नरहेको स्पष्ट पारेका छन् । उनले गठबन्धनले पर्सि नै राप्रपालाई खोज्ने दिन नआओस् भनी सचेतसमेत गराए । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिङ्देनले आफ्नो पार्टी सत्ताको खेलमा सहभागी छैन भनेर स्पष्ट गरिसकेको बताए । उनले त्यसरी स्पष्ट गरिसकेपछि सत्तामा जान खोजेर पनि नपाएपछि त्यस्तो प्रतिक्रिया आएको भन्दै अहिलेको सत्तापक्षले भ्रम फैलाउन खोजेको जिकिर गरे ।

‘अहिले नयाँ समीकरण बनेको छ । कतिपय साथीहरूलाई भ्रम भयो । राप्रपा पनि यो सरकारमा सहभागी हुन इच्छुक थियो । उसले पनि प्रयास गरेको थियो भन्ने अर्थ मात्र लगाइएन, कतिपय साथीहरूले हामीले राप्रपालाई नलिने भयौँ भनेर उत्साहका साथ भन्नुभयो । राप्रपाले यसलाई नोटिसमा राखेको छ,’ उनले भने, ‘तपाईंको गठबन्धनले पर्सि नै राप्रपालाई खोज्ने दिन नआओस् ।’  

उनले देश र जनताको अवस्था यस्तो हुनुमा अहिलेको व्यवस्था दोषी रहेको भन्दै यसलाई परिवर्तन ल्याउने हो भने इमानदारीपूर्वक आत्मसमीक्षा गरेर व्यवस्थामा परिवर्तन गरेर जान जरुरी रहेको बताए । 

यो व्यवस्था ठीक छ भनेर रट लगाइराख्ने हो भने देश र जनताले धोका पाइरहने उनले जिकिर गरे । उनले देशलाई अगाडि बढाउन सबै पक्षबीच नयाँ सहमति आवश्यक रहेको पनि चर्चा गरे । 

ad
ad