१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
बुधबार बेलुकी युवा तथा खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री विराजभक्त श्रेष्ठ । तस्बिर : संजित परियार/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडौं
Invalid date format २३:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खेल क्षेत्रको राजनीति अन्त्य गर्ने खेलकुदमन्त्री श्रेष्ठको घोषणा

‘रोनाल्डोले पोर्चुगल चिनाएजस्तै खेलाडीले नेपाल चिनाउने प्रयास रहनेछ’

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:२८:oo

नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा रहेको राजनीतिकरण अन्त्य गर्ने घोषणा गरेका छन् ।

खेल क्षेत्रमा भएको अनावश्यक राजनीतिले खेलाडी पलायन हुने र समग्र खेल क्षेत्र नै खस्किएको भन्दै मन्त्री श्रेष्ठले सबैको सहभागितामूलक प्रयासमा खेल क्षेत्रलाई मूूलधारमा ल्याइने बताए । 

बुधबार साँझ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले भने, ‘खेलकुदमा खेलाडीले खेल्न छाडे, बाहिरको मान्छेले खेल्न थालेका छन् । त्यहाँ खेलाडीबाहेक अरुले खेल्न नहुने काम गर्छाैँ ।’

मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालय उपेक्षामा परेको भन्दै अब चिनिने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए । ‘यो मौन खालको मन्त्रालय हो । कुनामा बसेर कसैले नगनेको जस्तो, तर अब यो मन्त्रालयले आभास गर्छ, हिप हिप हुर्रे भनेर देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँछ,’ उनले भने ।  

आफू देशलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने हुटहुटी बोकेर आएको भन्दै मन्त्री श्रेष्ठले सबैको साथ सहयोग र सुझावको अपेक्षा गरेको बताए । ‘म नयाँ छु, तर केही गरौँ, देशलाई अन्तर्राष्ट्रिस्तरमा चिनाऔँ भन्ने हुटहुटी लिएको आएको छु । सबैजनाको साथ सहयोग र सुझावको अपेक्षा गरेको छु । यो मौन मन्त्रालय मौन हुनुहुँदैन,’ उनले भने । 

युवाहरुमा भइरहेको मानसिक स्वास्थ्यको समस्यामा आफू गम्भीर रहेको भन्दै मन्त्री श्रेष्ठले त्यसलाई समाधान गर्न रोजगारी र खेलकुदमार्फत जानुपर्ने र यसमा सबैजना सहभागितामूलक हिसाबले अगाडि बढ्नुपर्ने धारणा राखे । 

‘खेलाडीले राष्ट्रलाई संसारमा चिनाउँछ भनेर पहिला प्रदेश सभामा हुँदा पनि भनेको थिएँ, पोर्चुगलको राष्ट्रपति को हो भनेर थाहा हुँदैन, तर क्रिस्टियानो रोनाल्डोको देश कुन हो भनेर सोध्दा पोर्चगल भन्ने आउँछ । त्यसैले कोसिस गरौँ, सबैजना मिलेर अगाडि बढौँ, नेपाल पनि खेलाडीले चिनाउने अवस्था ल्याऔँ,’ उनले भने ।  

खेल गतिविधिको क्यालेन्डर बनाउने पहिलो निर्णय 

उनले खेलकुद गतिविधिको क्यालेन्डर बनाउने निर्णय गरेका छन् । ‘खेलाडीहरुलाई खेलमैदानसँग जोडिरहन, मनोबल बढाउन र खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न, राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन क्यालेन्डरसहितको कार्ययोजना बनाई समन्वयात्मक रुपमा कार्यान्वयन गर्न खेलकुद विकास ऐन २०७७ को दफा ५१ बमोजिम राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने,’ निर्णयमा भनिएको छ ।