मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १३:४२:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौंको पदमोदय विद्यालय पुननिर्माण गरी हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १३:४२:००

भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको पुतलीसडकस्थित पदमोदय माध्यामिक विद्यालय भवन पुननिर्माण गरी हस्तान्तरण गरिएको छ । 

राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माण गरेको भवन  बिहीबार एक समारोहकाबीच राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । एशियाली विकास बैंकको ५ करोड आर्थिक सहयोगमा निर्माण गरिएको भवनमा पुस्तकालय, ल्यावसहितका २७ वटा कोठा रहेका छन् । भवनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजनीतिक संक्रमणकालका कारण भूकम्पले क्षति पुर्‍याएको विद्यालय भवन पुननिर्माणको काममा केही ढिलाई भएको बताए । 

यसै अवसरमा मन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सार्थक बनाउन शिक्षालाई विकाससँग जोड्ने गरी गुणस्तरीय शिक्षामा जोड दिन विद्यालय तथा विश्वविद्यालयहरुलाई आह्वान गरे । 

कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालय परिवारलाई आग्रह गरे । उनले सामूदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको संयुक्त पहलको आवश्यक्तामा जोड दिए । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त खरेल र विद्यालयका प्रधानाध्यापक मिनाकुमारी कोइरालाले भूकम्प प्रतिरोधी २७ कोठे चारतले भवन निर्माण गरेर हस्तान्तरण गरेकोमा राष्ट्रिय पुननिर्माण प्राधिकरणप्रति आभार व्यक्त गरे ।