Skip This
बारा विस्फोट : धनुषाबाट थप दुईजना पक्राउ [अपडेट]
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format २१:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारा विस्फोट : धनुषाबाट थप दुईजना पक्राउ [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३४:oo

निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक साताअगाडि भएको विस्फोट घटनामा दोषी देखिएको आशंकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ। 

प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका- २ स्थित न्यू शिव स्क्र्यापका सञ्चालक सर्लाही चक्रघट्टा गाउँपालिका- १ निवासी वर्षीय ४१ शिवशंकर साह र कबाडी संकलक सर्लाही ईश्वरपुर नगरपालिका- ७ निवासी ४६ वर्षीय बिल्टु महताेलाई प्रहरीले पक्राउ गरेको हो।

योसँगै पक्राउ पर्नेको संख्या पाँच पुगेको छ। प्रहरीले यसअघि निजगढ- ९ मा कबाडी सञ्चालन गरी बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश जयसवाल, कबाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रकचालक निजगढ नगरपालिका–९ स्याक्तान टोलका ४२ वर्षीय बासु तामाङ र सोही ठाउँका सहचालक २५ वर्षीय टीकाराम पाख्रिन पक्राउ परेका थिए। 

उनीहरूलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीनजना घाइते भएका छन्। 

निजगढ नगरपालिका– ९ का कबाडी सञ्चालक राज जयसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ। जयसवालले सुरुमा कबाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए। लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो।

यसैबीच, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको अनुरोधमा वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको भएकाहरूको खर्च रकममा छुट्ट दिएको छ। 
उपचारको क्रममा भएको खर्च रकम आफन्त बुझाउन नसकेपछि अस्पताल प्रशासनले उनीहरूलाई छुट दिएको बयोधा अस्पतालका प्रशासक विष्णु पटेलले जानकारी दिए।