मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रमेश सुवेदी काठमाडौं
Invalid date format १९:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रीतिको सफल शल्यक्रिया, मैदान फर्कन तीन महिना लाग्ने

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३९:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्त्वपूर्ण सदस्य प्रीति राईको घुँडाको सफल शल्यक्रिया भएको छ। 

सोमबार सातदोबाटोस्थित बिएन्डबी अस्पतालमा प्रीतिको सफल शल्यक्रिया भएको र अवस्था सामान्य रहेको बताइएको छ। ‘प्रा.डा. अमित जोशीको नेतृत्वमा आर्थाेस्कोकिप सर्जनहरूको टोलीद्वारा शल्यक्रिया गरिएको छ। अप्रेसनपश्चात् प्रीतिको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ,’ अस्पतालले जारी गरेको बुलेटिनमा भनिएको छ। 

प्रीति आफैँले पनि नयाँ पत्रिकासँग बोल्दै अवस्था सामान्य रहेको र तीन महिना मैदानबाहिर रहने बताइन्। ‘अहिले सबै ठीकै छ। त्यस्तो समस्या छैन। तीन महिना मैदानबाहिर बस्नुपर्छ होला,’ प्रीतिले भनिन्। यद्यपि, अस्पतालले मैदानबाहिर कति रहने भने प्रस्ट भनेको छैन। 

चोटसँगै प्रीतिले भारतीय महिला लिगको बाँकी खेल गुमाउनेछिन्। उनी किक स्टार्सबाट लिग खेल्दै आएकी थिइन्। टोलीको उत्कृष्ट प्रदर्शनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी थिइन्। उनले किक स्टार्सले खेलेका सबै नौ खेल खेलेकी थिइन्। 

हाल टोली तीन खेल कम खेल्दा तेस्रो स्थानमा छ। प्रीति नेपालमै रहँदा एउटै क्लबबाट खेलिरहेकी दीपा शाही भने मंगलबार त्यसतर्फ प्रस्थान गर्ने तालिका छ।