मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
रासस कायरो
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजा युद्धविरामको लागि आयोजित कायरो बैठकमा इजरायल सहभागी नहुने

Read Time : < 1 मिनेट
रासस, कायरो
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।

बन्धकको सूची प्रदान गर्ने, जीवित तथा मृतक बन्धकको संख्याको जानकारी दिने र बन्धकको बदलामा इजरायली जेलबाट रिहा हुने प्यालेस्टिनी कैदीहरूको अनुपात निर्धारण गर्नेलगायतका मागहरू सम्बोधन गर्ने विषयमा युद्धरत पक्षबीच समान धारणा बन्न नसकेपछि इजरायलको यो निर्णय आएको हो।

कूटनीतिक वार्ताको संवेदनशीलताका कारण अज्ञात रहन रोज्ने इजरायली अधिकारीका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मोसादका निर्देशक डेभिड बार्नियासँग समन्वय गरेर हमासले यी सर्तहरू सम्बोधन नगरेको जानकारी प्राप्त गरेपछि यो निर्णय आएको हो।

यो कदमले गत बिहीबार नेतन्याहुको एक भाषणमा उल्लेखित सर्तहरू पछ्याउँछ। सम्बोधनमा उनले कुनै पनि सम्झौताको साथ अगाडि बढ्नुअघि बन्धकहरूको पहिचानको आवश्यकतामा जोड दिनुपर्ने बताएका थिए।

बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार इजरायलले प्रस्तावित ६ हप्ताको युद्धविरामलाई स्वीकार गरेको संकेत गरे पनि हमासको प्रतिक्रियाको अभावले कायरो वार्तामा इजरायलको सहभागिता रद्द भएको हो।

वार्ताले शत्रुता अन्त्य गर्ने आशा व्यक्त गर्दै हमासको प्रतिनिधिमण्डल आइतबार कायरो आइपुगेको थियो। हमास स्रोतका अनुसार वार्तामा बाँकी अड्किएका विषयमा स्थायी युद्धविराम स्थापना, गाजापट्टीबाट इजरायली सेनाको फिर्ता र दक्षिणबाट विस्थापित व्यक्तिहरूको फिर्तीलाई सहज बनाउने कुरा समावेश छ।