भन्सार छली ल्याइएका ५६ हजारबराबरको कपडा बरामद

सोमबार, २१ फागुन, २०८०
डिजिटल संस्करण

पूर्वी नवलपरासीमा भन्सार छली अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका ५६ हजार रुपैयाँबराबरको कपडा इलाका प्रहरी कार्यालय दुम्कीबासले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– २ ज्यामिरेमा भे.१ख ४१२६ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त कपडा बरामद गरेको हो।

बसको डिक्कीमा विनाबिलभर्पाइको एक सय ४० पिस सुतीको धोती र ब्लाउज सेट गरी करिब ५६ हजार रुपैयाँबराबरको कपडा बरामद भएको छ। बरामद कपडाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार