१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०८० फाल्गुण २० आइतबार ०७:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जनकपुरको खाद्य कम्पनी धान खरिद गर्न असफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०८० फाल्गुण २० आइतबार ०७:०५:००

खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्राविधिक कार्यालय जनकपुरधामको धान खरिद गर्ने लक्ष्य असफल भएको छ । संघीय सरकारको स्वामित्वमा रहेको सो प्रादेशिक कार्यालयलाई चालू आवमा ३० हजार क्विन्टल सोना मनसुली धान खरिद गर्ने लक्ष्य दिएको थियो ।

तर, ४५ दशमलव ६९ क्विन्टल धान खरिद भएको छ । चालू आवमा एक लाख ५३ हजार ६ सय नौ रुपैयाँबराबरको धान खरिद भएको कार्यालयका निमित्त प्रमुख गंगाप्रसाद साहले बताए । सरकारले यस वर्ष किसानसँग समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६ सय ६२ मा धान खरिद गर्ने बताएको थियो ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बजारका व्यापारीले किसानसँग बढी मूल्यमा धान किन्न थालेपछि कम्पनीले लक्ष्य पूरा गर्न नसकेको सूचना अधिकारी रामपुकार मण्डलले बताए । धान किन्न सरकारी संयन्त्र किसानको खेतबारीसम्म पुग्नुपर्ने किसानको भनाइ छ ।