१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण १९ शनिबार १५:५८:००
Read Time : > 2 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पोखरामा नयाँ भवन तथा पूर्वाधार निर्माण मापदण्ड जारी

महानगरपालिकालाई १० क्षेत्रमा विभाजन

Read Time : > 2 मिनेट
२०८० फाल्गुण १९ शनिबार १५:५८:००

पोखरा महानगरपालिकाको नयाँ ‘भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८०’ जारी गरेको छ। पोखराका मेयर धनराज आचार्यका अनुसार महानगर क्षेत्रको भूसंबेदनशिलता, भौगर्भिक अवस्था, पोखराको भौतिक बिकास योजना तथा भुउपयोग योजना, बढ्दो शहरीकरण र जनसंख्याको चापलाई मध्यनजर राख्दै नयाँ मापदण्ड जारी गरिएको हो।

महानगरलाई सुन्दर, सुरक्षित, बसोवासयोग्य, दिगो र समुन्नत शहर निर्माण गर्न एकीकृत भवन तथा पूर्वाधार निर्माण मापदण्ड सम्बन्धमा आबश्यक ब्यवस्था गर्न स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम महानगरपालिकाको १० असार २०८० मा सम्पन्न १३औँ नगर सभाले पारित गरेको मापदण्ड जारी गरिएको आर्चायले जानकारी दिए।

जारी मापदण्डमा महानगरपालिकालाई १० क्षेत्रमा विभाजन गरिएको छ। शहरीकरणलाई व्यवस्थित गर्न हाल भइरहेको र पछि हुने निर्माण कार्यहरु सुनियोजित तथा योजनाबद्ध तरिकाले सम्पन्न गर्ने गराउने उद्देश्यले पुरानो शहरी क्षेत्र, आवासिय, मिश्रित व्यापारिक तथा आवासिय, पर्यटन, औद्योगिक, संस्थागत, खेलकुद, संरक्षण, शहर विस्तार र विमानस्थल गरी १० क्षेत्रमा विभाजन गरेको हो।

पोखरालाई १० क्षेत्रमा विभाजन गरिए ज्ञपनि नयाँ मापदण्डमा ती क्षेत्रहरुको दायरा भने तोकिएको छैन्। निर्माणसम्बन्धी मापदण्ड पछि निर्धारण गरिने बताइएको छ। युरोपियन युनियन, स्विच एसिया, नेपालमा ऊर्जा दक्षता निर्माण परियोजना (बिन)लगायतका संस्थाको सहयोगमा तयार गरिएको नयाँ मापदण्डमा प्रत्येक ३३ बटै वडाका सबै सडकहरुको नाम उल्लेख गर्दै फरकफरक मापदण्डसमेत तोकिएको छ।

घरको तला साढे तीनबाट बढाएर पाँच बनाइयो
यसअघि पोखरामा पर्यटकीय क्षेत्र लेकसाइडमा २.५ र अन्य क्षेत्रमा ३.५ तला उचाइको मात्र घर बनाउन पाउने व्यवस्था रहेकोमा नयाँ मापदण्डमा सवै क्षेत्रमा पाँच तलासम्म उचाइको घर बनाउन पाइने व्यवस्था गरिएको छ। २०३१ सालमा तत्कालीन अञ्चलाधीस शंकरराज पाठकले पोखराको भौगोलिक अवस्था र हिमालको दृश्यावलोकनका लागि सहज होस् भन्ने हेतुले लेकसाइडमा २.५ र अन्य क्षेत्रमा ३.५ तल्ला उचाइको घर मात्र बनाउने गरी नियम लागूगरेका थिए। जुन हालसम्म कायम रहेको थियो।

पाँच तलाभन्दा अग्ला भवन संरचना बनाउँदा माटो परीक्षणसहित संरचनात्मक योजनाको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। जमिनको अनुपात हेरेर त्यसमाथिको संरचनामा भवन निर्माणको अनुमति दिंदा तोकिएको प्राविधिक समितिको सिफारिसमा तोकेको प्रकृया पूरा गरी मात्र स्वीकृति दिने व्यवस्था गरिएको छ।

पाँच तल्लाभन्दा अग्ला सबै प्रकारका भवनहरु सपिङ मल, सुपरमार्केट, स्कूल, कलेज, अस्पताल, नर्सिङ होम, होटल, रिसोर्ट आदि भवनहरुको माटो परिक्षण गरी संरचनात्मक योजनाको प्रतिवेदन पेस गर्नुपर्ने र तीन हजार बर्ग फीटभन्दा बढि प्लिन्थको क्षेत्रफल भएका भवनहरुको भौगर्भिक परिक्षण समेत पेश गर्नुपर्नेछ। यस्ता भवन निमार्ण गर्दा निमार्णस्थलको भौगर्भिक परिक्षण लगायतका प्राबिधिक पक्षहरुको बिस्तृत अध्ययन गरि प्राबिधिक समितिको सिफारिसमा महानगरपालिकाको पूर्व स्वीकृती लिएर मात्र निर्माण गर्नुपर्नेछ।

पाँच तलामाथिका भवनमा लिफ्ट र अग्निसूचक यन्त्र अनिवार्य
महानगरपालिका क्षेत्रमा निमार्ण हुने पाँच तलाभन्दा अग्ला भवनमा अनिवार्य रुपमा लिफ्टसँगै अग्निसूचक यन्त्र राख्नुपर्ने र लिफ्टको भित्री भाग कम्तीमा १.२५मी × १.४० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ। लिफ्टसम्बन्धी अन्य व्यवस्था राष्ट्रिय भवन संहिताअनुसार हुनेछ।

यसैगरी, पाँच तला वा सोभन्दा बढी उचाई भएका संस्थागत तथा अन्य सबै भवनहरुमा अग्निसूचक यन्त्र जडान हुनुपर्ने व्यवस्थासमेत गरिएको छ।

तालहरुमा यस्तो छ मापदण्ड :
जारी मापदण्डमा तालहरु र सिमाको विवरण छाड्नुपर्ने दुरीसमेत निर्धारण गरिएको छ। सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालमा ६५ मिटर, जग्गाको सतहको बनोट बमोजिम वेगनास र रुपातामा चारैतिर सिमानामा एक सय मिटर, दिपाङ, मैदी, गुदे, खाष्टे, न्युरेनी आदिको चारैतिर सिमानामा ५० मिटर, ठुलिपोखरी कास्कीकोट र कमलपोखरी बुडुवाफाँट, खुडे पोखरी प्रस्याङ तथा अन्य पोखरीहरुमा ६ मिटर कायम गरिएको छ।

तालहरुको मापदण्डभित्र रहेका सार्वजनिक स्वामित्वका (नेपाल सरकार, नेपाल ट्रष्ट, महानगरपालिका, नगरयोजना आदिको स्वामित्वमा रहेका) क्षेत्रहरुमा सम्बन्धित निकायले तयार गरेको बृहत गुरुयोजनाअनुसार हुने र यस्ता योजना महानगरपालिकाबाट स्विकृत हुनुपर्ने व्यवस्था गरिएको छ।

नदी, खोलारखोल्सीको मापदण्ड
स्थान हेरी महानगरपालिकाभित्र रहेका नदी खोलारखोल्सीको मापदण्ड ३० मिटरदेखि ६ मिटरसम्म कायम गरिएको छ। सबै नदी खोला तथा खोल्सीहरुको नाप तथा चौडाई (क्षेत्राधिकार) नापीको नक्सामा अंकित नदीखोला तथा खोल्सीहरुको बाटोलाई आधार मानेर गरिने र नापीको नक्सामा कायम भएको किनाराबाट दायाँबायाँको मापदण्ड लिइनेछ।

नयाँ नापीमा कुलो नदेखाइएको भएता पनि फिल्डमा कुलो भएको अवस्थामा भैरहेका कुलाहरुलाई चौडाइ कायम गरी दायाँबायाँ दुई दुई मिटर सेटव्याक कायम गर्ने, नापी नक्सामा खोल्सोको रेखाङ्कन भएको अबस्थामा साविक नापी नक्सामा देखाइएको खोल्सालाई कायम गरिने भएको छ। यसैगरी नहरको मापदण्ड दुई मिटर कायम गरिएको छ।

गुफाको मापदण्ड
पोखरामा रहेका विभिन्न गुफाहरुमध्ये गुप्तेश्वर गुफाको मापदण्ड ७५ मिटर कायम गरिएको छ। महेन्द्र गुफा र चमेरे गुफाले चर्चेको भागमा कुनै भौतिक संरचना बनाउन पाइने छैन भने सीमा बाहिर सडक मापदण्ड लागू हुनेछ ।

सडकको वर्गीकरण र मापदण्ड
महानगरपालिका क्षेत्रभित्र रहेका सडकहरुलाई बर्गिकरण गरी मापदण्डसमेत तोकीएको छ। राजमार्गमा २५ मिटर, मूल मार्गमा १५,  शाखा मार्गमा ७.५०, प्रशाखा मार्गमा ६, पहुँच मार्गमा पाँच, स्थानीय मार्गमा ४.५०, अन्य भित्री सडकमा तीन, महानगर चक्रपथमा १५, बिशेष शहरी मार्ग (क)मा १५, (ख)मा १२, (ग)मा आठ र ग्रामिण क्षेत्र गोरेटो घोरेटोको लागि २.५ मिटर मापदण्ड तोकिएको छ।