मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
Invalid date format १४:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३७:oo

त्रिदेशीय टी–२० शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ विकेटको जित निकालेको छ। लगातार दोस्रो जितसँगै नेपालले फाइनलमा स्थान बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै एक सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले १५.१ ओभरमा चार विकेट गुमाउँदै लगातार दोस्रो जित निकालेको हो।

नेपाल यसअघि नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। नामिबियासँग पहिलो खेलमा २० रनले पराजित भएको नेपालले दोस्रो भेटमा भने नामिबियालाई तीन रनले हराएको थियो।

नेपालको चार खेलबाट चार अंक छ। नेदरल्यान्ड्सको तीन खेलबाट चार अंक जाेड्दा नामिबियाको तीन खेलबाट दुई अंक छ। आइतबार नेदरल्यान्ड्स र नामिबियाबीच हुने निर्णायक खेलले फाइनल पुग्ने अर्काे टोलीको टुंगो लगाउनेछ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र गुल्सन झाले सानदार प्रदर्शन गरे। रोहितले ३४ बलमा तीन चौका र एक छक्कासहित ४६ रन बनाए। गुल्सनले ३६ बलमा दुई चौका र एक छक्कासहित ३८ रनको योगदान गरे। यसअघि ओपनर कुशल भुर्तेलले आठ बलमा १२ तथा आसिफ शेखले आठ रन बनाए।

२.५ ओभरमा २७–२ मा रहेको नेपाललाई गुल्सन र रोहितले उकासेका हुन्। रोहित र गुल्सनबीच तेस्रो विकेटको लागि ८६ रनको बलियो साझेदारी भएको थियो। नेदरल्यान्ड्सका भिभिअन किंमाले दुई विकेट लिए।

यसअघि खचाखच दर्शकले भरिएको कीर्तिपुर मैदानमा नेपालका बलर हाबी भएपछि नेदरल्यान्ड्सका कुनै पनि ब्याटरले ठूलो स्कोर बनाउन सकेनन्। युवा बलर प्रतिश जिसीले सर्वाधिक तीन विकेट लिए। बायाँ हाते बलर प्रतिशले चार ओभरमा एक मेडनसहित जम्मा १३ रन खर्चिएका थिए।

कुशल मल्लले चार ओभरमा १८ रन सहित दुई विकेट लिए। करण केसीले तीन ओभरमा १८ रनसहित दुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। सोमपाल कामी र अभिनाश बोहरा तीन ओभर बलिङ गर्दा विकेटविहिन भए।

नेदरल्यान्ड्सका म्याक्स ओ डावडले २४ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३१ रन बनाए। टिम भान डेर गुस्टेनले २४, तथा कप्तान स्कट एडवार्डले १८ रनको योगदान गरे। रोइलोफ भान डे मेर्वीले १४ बलमा २३ रन बनाएर अविजित रहे।  यसअघि कुशल मल्लले आर्यन दत्तलाई गोल्डेन डकआउट गरे। केली कलेइन पनि गोल्डेन डक भए। गुल्सन झाले उनलाई रनआउट गरेका हुन्। 
 
पहिलो ओभरमै करण केसीले दुई विकेट लिएपछि नेदरल्यान्ड्स दवावमा आएको थियो । करणले चार बल खेलेका ओपनर मिचेल लेभिटलाई चार रन तथा दुई बल खेलेका सेब्रान्ड इन्गेलब्रेचलाई शून्यमा पेभिलियन फर्काएका हुन् । 

नेदरल्यान्ड्सविरुद्ध प्रशिक्षक मोन्टी देसाईले ओपनर अनिलकुमार शाहको स्थान कुशल भुर्तेलले पुनरागमन गराएका हुन्। कुशल नामिबियाविरुद्ध खेलमा बेन्चमा रहँदा अनिलले मौका पाएका थिए।

आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको विजेता टोलीसँग नेपालले मंगलबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ।