मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
रासस काठमाडौं
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुनेछ। छलफलबाटै निष्कर्षमा पुगिनेछ। अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ,’ उनले भने।

उनका अनुसार बैठकमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राखेका थिए।

राष्ट्रिय सभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदै छ। उक्त पदमा सत्तागठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरेका छन्।