मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:४७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै नेपाली विद्यार्थी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४७:oo

स्मार्ट सिटी र दिगो विकाससम्बन्धी दुबईमा हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १० जना विद्यार्थीले भाग लिने भएका छन् । आगामी मे महिनाको पहिलो साता हुने उक्त प्रतियोगितामा नेपालबाट ४ देखि १२ कक्षासम्मका सरकारी र निजी विद्यालयका विद्यार्थी सहभागी हुन लागेका हुन् । 

विश्वका २३ भन्दा बढी देशका विद्यार्थीको सहभागितामा हुने प्रतियोगितामा दिगो विकास र स्मार्टसिटीको योजना तयार पारेर प्रस्तुत गर्नुपर्नेछ । सबैभन्दा राम्रो ‘प्रोजेक्ट’ प्रस्तुत गर्ने विद्यार्थी तथा समूहलाई पुरस्कार प्रदान गरिने छ । नेपालमा रहेका विद्यार्थीलाई सो प्रतियोगितामा भाग लिनको लागि नीमा एजुकेसन फाउन्डेसनले समन्वय गरेको छ । उक्त प्रतियोगितालाई ‘कोडएभर ५.० अन्तर्राष्ट्रिय प्रतियोगिता’ भनिन्छ । 

फाउन्डेसनले प्रतियोगितामा पठाउन नेपालका विद्यार्थीबीच प्रतिस्पर्धा गराएको थियो । जसबाट दरबार हाई स्कूलसहित अन्य निजी स्कुलका विद्यार्थी गरी १० जना छनोट भएका छन् । उक्त प्रतियोगितामा भाग लिने नेपाली विद्यार्थीले स्मार्ट सिटी र दिगो विकासबारे योजना प्रस्तुत गर्ने निमा फाउन्डेसनका सिइओ निश्चलमान प्रधानले जानकारी दिए । उनले भने, ‘विद्यार्थीका लागि यो ठूलो अवसर हो, उनीहरूले त्यहाँ नेपालको प्रतिनिधित्व गर्दै स्मार्ट सिटी र दिगो विकासको प्रोजेक्ट तयार पार्नेछन्, साथै नयाँ कुरा सिक्छन् ।’ 

दुबईमा हुनलागेको प्रतियोगिताका लागि छनोट भएका विद्यार्थीले ट्राफिक जनचेतना, स्मार्ट सिटी, एआई रोबोट सिटी, दिगो विकास, रेस्क्यु बोट, रिमोर्ट डाक्टर क्रान्तिकारी स्वास्थ्य सेवा, सडक सुरक्षा, हेरिटेज सिटीलगायतसँग सम्बन्धित परियोजना प्रस्तुत गर्नेछन् ।