१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धनगढीमा ‘स्ट्रिप, रोप लाइट’ जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३२:oo

‘स्ट्रिप, रोप लाइट’ जडान गरिएपछि धनगढीको ६ लेन सडक झिलिमिली बनेको छ । धनगढी उपमहानगरपालिकाले ६ लेन सडकअन्तर्गत धनगढीको भन्सार रोडदेखि मोहनपुरसम्म स्ट्रिप, रोप लाइट जडान गरेको हो । यसले रातिको समयमा ६ लेन सडक झिलिमिली मात्र बनेको छैन, सुन्दर र आकर्षक पनि देखिएको छ ।

३१ लाख रुपैयाँको लागतमा ६ लेन सडकमा दुई सय ५६ वटा पोल र एक सय ४० वटा ट्रिगार्डमा स्ट्रिप, रोप जडान गरिएको उपमहानगरले जनाएको छ । त्यस्तै करिब तीन लाख रुपैयाँको लागतमा नेपाल–भारत सीमानजिक कैलाली भन्सारको गेटमा ‘फ्लोड लाइट’ जडान गरिएको छ ।

उपमहानगरपालिकाले धनगढी विमानस्थलदेखि ६ लेन सडक जोड्ने सडकमा स्ट्रिप लाइट जडान गरेको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले स्ट्रिप लाइटको उद्घाटन गरे । १० लाख रुपियाँ लागतमा स्ट्रिप लाइट जडान गरिएको हो ।

नगर प्रमुख गोपाल हमालले सुदूरपश्चिम प्रवेश गर्ने हवाई मार्ग धनगढी विमानस्थल जाने सडक राति अँध्यारो रहेकाले स्ट्रिप लाइट जडान गरिएको बताए । यो सडकमा स्ट्रिप लाइट लगाउन नागरिक उड्ययन प्राधिकरणलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएपछि उपमहानगरपालिकाले आफ्नै लगानीमा लाइट जडान गरेको हमालले बताए ।

ad
ad