१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कृषि मेलामा १५ लाखको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२९:oo

बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्रांगारिक कृषि मेला सोमबार समापन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा भएको मेलामा १५ हजार दर्शकले अवलोकन गरेको र १५ लाखको कारोबार भएको संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कृषिको व्यावसायिक विकास गर्न प्रवद्र्धनात्मक मेला आयोजना गरेर आयोजकले   उद्यमशीलता विकास र रोजगारी सिर्जनामा पनि योगदान हुने काम गरेको बताए । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँका किसानले आफ्नो उत्पादन बिचौलियाको मूल्यमा बिक्री गर्न बाध्य भएको भन्दै यस किसिमका मेलाले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको बताए ।

ad
ad