१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

काष्ठमण्डप र नामीलाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o२:oo

आयोजक काष्ठमण्डप र नामीले सातौँ काष्ठमण्डप अन्तर ए लेभल थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । काष्ठमण्डप पुरुष तथा नामी महिलामा च्याम्पियन बनेका हुन् ।

मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको पुरुषतर्फको फाइनलमा काष्ठमण्डपले ओरियन्टलाई १३–९ ले पराजित गर्‍यो । काष्ठमण्डपका अन्सुल गोपालीले ११ स्कोर र चिराग हमालले २ स्कोर गरेका थिए । महिलातर्फको उपाधि भिडन्तमा नामीले बुढानीलकण्ठलाई २२–१ ले सहजै हरायो । नामीका गुरुत्सो लामाले ११ स्कोर र छिरिङ शेर्पाले ८ स्कोर गरेका थिए ।

प्रतियोगिताको पुरुषमा काष्ठमण्डपका अन्सुल तथा महिलामा नामीकी गुरुत्सो ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापाले पुरस्कृत गरे । 

ad
ad