१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बारामा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँचजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:oo:oo

बाराको निजगढ नगरपालिका– ७ सहिद चोकमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँचजना घाइते भएका छन्। सहिद चोकस्थित रोहित वर्कसपमा काम गर्दै गरेको अवस्थामा आज मध्याह्न अचानक ग्यास सिलिन्डर विस्फोट भएकाे हाे।

 

घाइतेमध्ये चारजनाकाे अवस्था गम्भीर रहेकाे र एकको अवस्था सामान्य रहेको बताइएको छ। गम्भीर घाइते चारैजनाको निजगढ नगरपालिका– ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। सामान्य घाइते रहेका एकको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको छ।

घाइतेहरूको पहिचान हुन बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान र विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ad
ad