१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण १४ सोमबार ०७:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गुनासो सम्बोधन गर्न टोलटोल पुग्दै ललितपुर महानगर नगर प्रहरी

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १४ सोमबार ०७:५२:००

ललितपुर महानगरपालिकाको नगर प्रहरी सेवाग्राहीका गुनासो सम्बोधन गर्न टोलटोल पुग्न थालेको छ । ‘एलएमसी अलर्ट’ नामक एप र ११३१ हटलाइन नम्बरमा आएका गुनासा सम्बोधन गर्न नगर प्रहरी खटिने गरेको हो । महानगरले १८ माघदेखि एलएमसी अलर्ट एप्स सञ्चालनमा ल्याएको होे ।

नगर प्रहरी प्रमुख सीताराम हाछेँथूका अनुसार हटलाइन नम्बरमा दैनिक ५०–६० र अलर्टमा २० वटासम्म गुनासा आउने गरेका छन् । जसमा ढल व्यवस्थापन, एम्बुलेन्स सेवा, सम्पदा संरक्षण, छाडा गाईबस्तु, सडक खनेको, अनधिकृत पार्किङ, सडकबत्ती बिग्रिएका, फुटपाथ अवरोध, बोटबिरुवा उखेलेको, कालोबजारी, विनास्वीकृति संरचना बनाएको, आगलागीका गुनासा आउने गरेका छन् । ‘पहिले–पहिले फोन आएपछि घटनास्थल जान्थ्यौँ, अहिले एलएमसी अलर्ट सेवा सुरु भएपछि कुन ठाउँमा घटना वा समस्या भएको छ, त्यसको फोटो, सम्पर्क नम्बर र ठेनागासहितको अलर्ट आउँछ,’ उनले भने, ‘सूचना र विवरण पछ्याउँदै नगर प्रहरी खटिन्छ ।

नगरवासीका गुनासो सम्बोधनका लागि नगर प्रहरी २४सै घन्टा ड्युटीमा खटिने गरेको उनले बताए । ‘पहिले दिउँसो मात्रै ड्युटीमा खटाउने गरिएको नगर प्रहरी अहिले रातिको समयमा पनि खटिन्छन् । यसबाहेक पाँचजनाको टोली नियमित गस्तीमा खटिन्छन्,’ उनले भने । यसबाहेक अनधिकृत पार्किङ, फुटपाथ नियन्त्रणका लागि पनि नगर प्रहरी परिचालन गर्न थालिएको छ । ललितपुरमा एक सय १८ नगर प्रहरी छन् ।

  सात महिनामा एक हजार ६ सय ९३ गुनासो सम्बोधन
महानगरले सात महिनामा हटलाइन नम्बरमा आएका एक हजार ६ सय ९३ गुनासो सम्बोधन गरेको छ । सबैभन्दा बढी ढल जाम भएका सात सय ८६ वटा गुनासो सम्बोधन गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथूले बताए । एम्बुलेन्स सेवा मागका ६ सय ७६ र शववाहन मागका दुई सय ३१ फोन आएका छन् । यी सेवा महानगरले निःशुल्क दिँदै आएको छ ।