१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format २१:o२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सिरियामा इजरायली हवाई आक्रमणमा तीनको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o२:oo

मध्यसिरियाको होम्स प्रान्तमा आइतबार इजरायली हवाई आक्रमणमा परी तीन सर्वसाधारणको मृत्यु भएको छ।

अल–वतन अखबारका अनुसार दक्षिणपश्चिमी होम्सको अल–कुसाइर क्षेत्रमा दुईवटा नागरिक सवारीसाधनलाई निशाना बनाएर आक्रमण गरिएको थियो। यसैबीच, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा दुई हिजबुल्लाह सदस्य मारिएको बताएको छ।

यो हवाई आक्रमण सिरियामा इजरायली आक्रमणको शृंखलाको पछिल्लो घटना हो। इजरायलले हालै इरानी मिलिसियासँग संलग्न व्यक्तिहरूविरुद्ध हत्या प्रयास गरेको छ।

अब्जरभेटरीले आइतबार प्रतिवेदनमा इजरायलले  सन् २०२४ को सुरुदेखि सिरियामा हालसम्म १६ वटा आक्रमण गरेको उल्लेख गरेको छ।  (रासस-सिन्ह्वा)