१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मिटरब्याजपीडितको आन्दोलनमा नेकपा एसनिकट युवा संघको ऐक्यबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:४८:oo

नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालले मिटरब्याजपीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।

युवा संघका संयोजक कृष्णकुमार विश्वकर्माले विज्ञप्ति जारी गर्दै मिटरब्याजपीडित किसानका सबै प्रकारका संघर्षका क्रार्यक्रमहरू निष्कर्षमा नपुगेसम्म हातेमालो गर्ने प्रतिबद्धता जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘यस अभियानका क्रममा विगतमा भएका मिटरब्याजविरुद्धको कानुन पारित गराउने आन्दोलन, १३ दिन निरन्तर हिँडेर आएको मिटरब्याजपीडितहरूको संसद् घेराउ कार्यक्रम, उखु किसानहरूको आन्दोलन, भ्रष्टाचारविरुद्धको आन्दोलन आदिविरुद्ध जनतालाई सचेत र जागरुक पार्दै सरकारलाई सिर्जनात्मक दबाब दिएका छन्। यस क्रममा फेरि मिटरब्याजीपीडित किसानहरू पूर्वको काँकडभिट्टादेखि पश्चिमको कञ्चनपुरबाट निरन्तर २३ दिन पैदल हिँडेर न्यायका निम्ति राजधानी काठमाडौं आइपुगेका छन्। यसका निम्ति युवा संघ नेपाल आन्दोलन सफलताको शुभकामना व्यक्त गर्दै, संघर्षका सबै कार्यक्रमहरूमा दृणतापूर्वक ऐक्यबद्धता व्यक्त गर्दछ।’

युवा संघले पीडित किसानको समस्यालाई गम्भीरतापूर्वक लिन र मिटरब्याजीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। अन्यथा संघर्षका कार्यक्रम घोषणा गर्ने संगठनको चेतावनी छ।

‘पीडित किसानहरूको समस्यालाई गम्भीरतापूर्वक लिन, उनीहरूका पीडालाई पूर्ण हल गर्न, किसानहरूलाइ यस पीडाबाट मुक्त बनाउने ढंगले कदम चाल्न र दलाल, फटाहा–भ्रष्ट लुटाहा, रक्त पिसाच मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही गरी अधिकतम न्याय प्रदान गर्न प्रचण्ड सरकारसँग युवा संघ नेपाल जोडदार माग गर्दछ। अन्यथा, हाम्रो संगठन आन्दोलन र संघर्षका कार्यक्रमहरू घोषणा गर्ने जानकारी गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

ad
ad