१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुर्खेतमा शनिबार राति गोली चलाएको आरोपमा चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:o३:oo

सुर्खेतमा शनिबार राति गोली चलेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका– १, देउतीथाननजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो।

यद्यपि, गोली गिरी चढेको गाडीमा लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

घटनामा भारतीय सुटर पनि संलग्न रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad