१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १२ शनिबार १४:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मार्क्सवादी ज्ञान केन्द्रको हाजिरीजवाफमा रत्नराज्य क्याम्पस प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १२ शनिबार १४:०९:००

काठमाडौं उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ।

मार्क्सवादी ज्ञान केन्द्रले शुक्रबार आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो हुँदा पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेका छन्।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, सात हजार पाँच सय र पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्। सान्त्वना स्थान प्राप्त गर्नेले दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।

विजेता टोलीलाई केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गरेका थिए। कार्यक्रममा प्रतियोगीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रकाशित सैद्धान्तिक पुस्तकहरू वितरण गरिएको थियो।

प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस, सानोठिमी क्याम्पस, पाटन संयुक्त क्याम्पस, पब्लिक युथ क्याम्पस, नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस र नेपाल कमर्स क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो।