मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format ११:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेका समन्वय प्रमुख गौतम आमरण अनशनमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको निर्माण कार्य समयमै सक्न दवाब दिन प्रमुख गौतमले शुक्रबारदेखि आमरण अनशन थाले

अरनिको राममार्ग बिस्तारको काम अलपत्र पारेको भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम सडकमै आमरण अनशन बसेका छन्। समयमा नै काम नगरेर अलपत्र पारिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको निर्माण समयमै सक्न दबाब दिन प्रमुख गौतमले शुक्रबारदेखि आमरण अनशन थालेका हुन्। अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड बिस्तारका लागि २०७२ साल जेठ २० गते सम्झौता भएर २०८० साल चैत्र १९ गते सम्पन्न गर्नुपर्ने थियो। 

ठेक्का पाएको गौरी–पार्वती निर्माण सेवा प्रालिले हालसम्म १५ प्रतिशत मात्रै काम सके पनि कामले गति लिएको छैन। तर, समयमै काम नगरेको र पटक-पटक ध्यानाकर्षण गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै समन्वय प्रमुख गौतम अनशनमा बसेका हुन्।

यसअघि पनि गौतमले पटक-पटक सडक डिभिजनका प्रतिनिधिहरू र ठेकेदारसँग छलफल गरेका थिए। २०८० मंसिर २७ गते महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा सहभागी हुन अरनिको राजमार्ग नै प्रयोग गरेर पाँचखाल आएका प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई बोलाएर तत्काल ठेक्का सक्न निर्देशन दिने बताए पनि काम अघि नबढेपछि प्रमुख गौतम अनशन बसेका हुन्।

‘काम गर्नको लागि एक महिना पनि पर्याप्त समय हो,’ गौतमले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्री उपस्थित कार्यक्रममा छिटो काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिँदा पनि काम नभएकोले आमरण अनशन थालेको हुँ।’ काम गर्ने प्रशस्त आधार तयार भएपछि भौतिक पूर्वाधार मन्त्रीको उपस्थितिमा निर्माण व्यवसायीले काम थाल्ने लिखित प्रतिबद्धता नगरेसम्म अनशन नतोडिने गौतमले बताए।

दोलखा, रामेछाप, सिन्धुपाल्चोका साथै छिमेकी चीनसम्म जोड्ने अन्तर्राष्ट्रिय महत्वको राजमार्गको अवस्थाका कारण सवारी दुर्घटना भई यात्रुहरू घाइते हुने र मृत्युको जोखिमसमेत बढेको भन्दै यथाशीघ्र निर्माण सम्पन्न गराउन भन्दै धुलिखेल ८ र पाँचखाल वडा नं ५ का जनताका प्रतिनिधिको तर्फबाट ज्ञापनपत्रसमेत बुझाइएको थियो।