१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १२:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालको सक्रिय सहभागिता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:o७:oo

एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सम्मिलित एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रीस्तरीय यो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्रीहरू तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

फागुन ७ देखि १० गतेसम्म सञ्चालन भएको ३७औँ एसिया प्रशान्त क्षेत्रको खाद्य तथा पोषण सुरक्षाको अवस्था, कृषि खाद्य प्रणालीको अनुकूलित रूपान्तरण, कृषिमा लगानी प्रवर्द्धन तथा कृषिको आधुनिकीकरण तथा खाद्यवस्तुको उचित प्रयोग, पानीको उचित उपयोग तथा खानेपानी र खाद्य पदार्थ तथा उपलब्ध पानीको क्षतिको न्यूनीकरणजस्ता विषयमा बृहत् छलफल गरिएको थियो।

कार्यक्रममा आयोजित मन्त्रीस्तरीय विशेष बैठकमा कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग साथै, यस क्षेत्रका साना राष्ट्रहरूको कृषि तथा पर्यावरणको विद्यमान अवस्था र भावी कार्यदिशाबारे छलफल गरिएको थियो। नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको छ।

नेपालको तर्फबाट खाद्य प्रणालीको उपयोग तथा लगानी प्रवर्द्धनका सम्भावना तथा अवसरबारे राष्ट्रिय सोच प्रस्तुत गरिएको थियो। सम्मेलनमा नेपालको तर्फबाट विभिन्न कार्यक्रममा सहभागिता जनाइएको थियो। सो क्रममा नेपालमा एफएओको सहभागितामा सञ्चालित कार्यक्रम, यस क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू तथा यस क्षेत्रमा हासिल अनुभवबारे सम्मेलनमा जानकारी गराइएको थियो।

त्यसैगरी नेपालले एक मुलुक एक विशेष बाली वस्तुतर्फ छनाेट गरेको अलैँचीले अर्थतन्त्रमा पुर्‍याएको योगदानका विषयमा छलफल भएको थियो। नेपाली अलैँचीको निर्यातले अर्थतन्त्रमा विशेष योगदान गरेको अवस्थामा त्यसको महत्व, उत्पादनको अवस्था, प्रशाेधन प्रणाली एवं आन्तरिक तथा बाह्य बजारमा यसको पहुँचको सम्बन्धमा नेपालको तर्फबाट मन्तव्य प्रस्तुत गरिएको थियो।

सो क्रममा विश्वका साना विकासशील टापु राष्ट्र, अतिकम विकसित  राष्ट्र तथा भूपरिवेष्टित राष्ट्रहरूका सम्बन्धमा मन्त्रीस्तरीय विशेष बैठक सञ्चालन भएको थियो। उक्त बैठकमा नेपालजस्ता भूपरिवेष्टित राष्ट्रहरूले कृषि क्षेत्रमा अपनाएका प्रविधि, बजारीकरण तथा विश्वबजारको पहुँचलगायतका विषयमा नेपालले आफ्ना भनाइ प्रस्तुत गरेको थियो।

सम्मेलनको औपचारिक उद्घाटनको क्रममा हरेक राष्ट्रले आफ्नो मुलुकको कृषि क्षेत्रमा प्राथमिकता, सहयोगका क्षेत्रहरू तथा आगामी दुई वर्षका लागि एफएओको रणनीतिक तथा  कार्यगत योजनासमेतलाई समेटी कार्यपत्र प्रस्तुत भएको थियो। नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै नेपालको भौगोलिक विशेषतालाई मध्यनजर गर्दै पहाडी खेतीबाली प्रणालीलाई विशेष जोड दिनुपर्ने विषय प्रस्तुत भएको थियो।

ad
ad