Skip This
जितपुरसिमरामा हुने महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री बारा आउने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १० बिहीबार १७:३३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

जितपुरसिमरामा हुने महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री बारा आउने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार १७:३३:oo

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल बारा आउने भएका छन्। 

पहिले जितपुरसिमरा एक्पो २०२४ तथा जितपुरसिमरा महोत्सव २०८० को उद्घाटन गर्न प्रधानमन्त्री दाहाल यही फागुन १८ गते बारा आउने भएका हुन्। 

आगामी १८ फागुनदेखि ३० सम्म जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा आयोजना गरिने महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने तय भएको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिए। 

‘कृषि –पर्यटन ,खेल –उद्योग र व्यापार ! जितपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित यसपटक उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएका कारण यसको उद्घाटन प्रधानमन्त्री दाहालबाट नै गराइने भएको अध्यक्ष शर्माले बताए।

महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारामा पर्यटनका लागि पनि महत्त्वपूर्ण छ भन्ने पुष्टि गराउने अध्यक्ष शर्माले बताए। उनले बारामा रहेका विभिन्न मठमन्दिरको प्रचारप्रसारलाई समेत महोत्सवमा जोडिने बताए।

उनले महोत्सवले बाराको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवका रूपमा स्थापित हुने अपेक्षा रहेको जनाए।

बाराको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, बालबालिका तथा युवाहरूको मुख्य आकर्षणका रूपमा रहँदै आएको बाल उद्यान, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको अध्यक्ष शर्मा जनाए।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछन् भने महोत्सवमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकैथलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्‍याउनेछ।

महोत्सवले कृषिजन्य घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्न आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ। त्यस्तै, मेलाले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्नेछ। मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ।

महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नगरपालिकाभित्र रहेका विद्यालयका विद्यार्थीबीच डान्स आइडल, व्यावसायिक स्टल र नेपाली सेनाको विशेष कार्यक्रम समावेश गरिएको बताइएको छ। महोत्सवमा ख्यातिप्राप्त कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ।