१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा हल्का वर्षा, शुक्रबारदेखि मौसममा सुधार हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२६:oo

काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षा भएको छ। यस क्षेत्रमा पछिल्लो दुई दिनदेखि बदली हुँदै आएकामा बिहीबार काठमाडौं उपत्यकाका मध्य सहरभन्दा बाहिरी क्षेत्रमा मध्यम वर्षा भइरहेकाे छ। तर, मध्य सहरमा हल्का वर्षा भइरहेकाे छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार उपत्यकामा बिहीबार राति पनि हल्का वर्षाको सम्भावना छ। त्यसपछि मौसममा सुधार हुँदै जानेछ। ‘काठमाडौंमा रुझ्ने गरी वर्षा भइरहेको छ। राति पनि केही ठाउँमा पानी पर्ने देखिन्छ,’ कँडेलले भनिन्, ‘भोलि (शुक्रबार) बिहान केही समय घाम लागे पनि दिउँसो बदली हुने देखिन्छ।’

पछिल्लो २४ घन्टामा पोखरा, मनाङ, गोरखा, मकवानपुर, सिन्धुलीलगायतका जिल्लामा १४ मिलिमिटरसम्म वर्षा भएको छ। तर, सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँ, कर्णालीमा छिटपुट पानी परेको छ। लुम्बिनीका पहाडी भेग, गण्डकी र बागमतीका पहाडी भेगमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।

मौसमविद् कँडेलका अनुसार बिहीबार राति मुलुकका पहाडी भूभागका थोरै स्थान, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ।  काठमाडौंवरपरका डाँडामा हल्का हिमपात भएको छ।

शुक्रबार भने पश्चिमबाट मौसममा सुधार हुँदै जाने देखिन्छ। ‘अहिले सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको असर भोलिबाट कम हुँदै जानेछ,’ मौसमविद् कँडेलले भनिन्, ‘कोशीसहित पहाडी भेगमा भोलि पनि बदलीको सम्भावना छ।’

शुक्रबार दिउँसो कोशी र गण्डकीका पहाडी भूभागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने देखिन्छ।