Skip This
शोषणमा आधारित गिग अर्थतन्त्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Saturday, 27 July, 2024
नासरिन मलिक
२o८o फाल्गुण १० बिहीबार o९:५५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शोषणमा आधारित गिग अर्थतन्त्र

Read Time : > 2 मिनेट
नासरिन मलिक
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार o९:५५:oo

अनलाइन अर्डरअनुसार खाना पुर्‍याउने डेलिभरी एप राइडर समयको चर्को चापमा पर्छन् । राइडरहरू खानाको डेलिभरी गर्दा विश्राम गर्ने, नुहाउने, खानेलगायत समयको चापमा परिरहन्छन् । युलिसेस कोइफी गत साताको भ्यालेन्टाइन्स डे हडताल गर्ने समूहका एक राइडर हुन् । कोइफीका अनुसार एक घन्टामा उनी सुरक्षित रूपमा बढीमा तीन डेलिभरी गर्न सक्छन् । यसबाट उनी १२ पाउन्ड मात्रै कमाउँछन् । र, कहिलेकाहीँ उनी त्यति पनि कमाउन सक्दैनन् । डेलिभरी गर्दा आउने हरेक अवरोधले उनको कमाइ घट्छ । सडक मर्मत, व्यस्त रेस्टुरेन्ट र खाना पुर्‍याउनुपर्ने घरको ढोकाअगाडि कुर्नुपर्ने अवस्थाले उनको समय घटाउँछ । 

ठूला डेलिभरी एपले राइडरलाई दिने ज्याला मात्रै घटाएका छैनन्, तिनले ‘पिक आवर’ अर्थात् व्यस्त समयमा दिइने विशेष ‘बुस्ट’ रकम पनि घटाएका छन् । ‘मभन्दा लामो समयदेखि काम गरिरहेका राइडर, जो दिनको १० देखि ११ घन्टा काम गर्छन्, तिनले दिनमा एक सय पाँच पाउन्ड मात्रै कमाउँछन्,’ कोइफी थप्छन् । जब राइडरले आफूले थोरै कमाइरहेको र आफ्नो शोषण भएको थाहा पाए, तब तिनले हडताल गरे । 

हडतालबाट राइडरको ज्याला मात्रै बढ्ने हो, तर तिनको अवस्थामा कुनै परिवर्तन आउनेवाला छैन । नियमितजसो बाइक र मोपेडबाट खानाको चोरी हुन्छ । बिरामी भएर काम गर्न नपाउँदा यी राइडरले कुनै सुविधा पाउँदैनन् । गिग अर्थतन्त्र (अनलाइन डेलिभरीजस्ता रोजगारी भएको व्यवस्था) अन्तर्गतका कम्पनीले ‘आफ्नो मालिक आफैँ बन्ने मौका’ भनेर विज्ञापन गर्छन् । तर, यसमा काम गर्दा स्वतन्त्रता एवं स्वायत्तता हुन्छ भन्नु भ्रम मात्रै हो । गिग अर्थतन्त्रमा काम गर्ने मानिसको अवस्था र कमाइले धेरै हल्ला गरिएको स्वरोजगार, लचक कार्यसमय वा ‘आफ्नो मालिक आफैँ’ भन्ने भाष्यलाई गिज्याउँछ । कार्य समय तब मात्रै लचक हुन्छ, जब तपाईंको कमाइ पर्याप्त हुन्छ । तपाईंलाई कज्याउने मान्छे कार्यालयमा जस्तो हाकिम नहुन सक्छ, तर डेलिभरी राइडर एपको अल्गोरिदमले तपाईंबाट प्रतिबद्धता खोज्छ, तर कुनै प्रत्याभूति दिँदैन । तपाईं निश्चय नै स्वरोजगार हुनुहुन्छ, तर स्वरोजगार हुँदा तपाईंले पेन्सन, बिरामी हुँदाको खर्च, बिदा खर्च, अभिभावकीय बिदा गुमाउनुहुन्छ । 

गिग अर्थतन्त्रमा काम गर्ने मानिसको अवस्था र कमाइले स्वरोजगार, लचक कार्यसमय वा ‘आफ्नो मालिक आफैँ’ भन्ने भाष्यलाई गिज्याउँछ
 

गिग अर्थतन्त्रको नतिजा वा उद्देश्य भनेकै सम्पत्तिको स्थानान्तरण हो । यो व्यवस्थाले व्यक्तिको अधिकारको कटौती गर्छ र यसलाई नाफामा परिणत गर्छ । यदि यसो हुन सकेन भने गिग अर्थतन्त्र नै तहसनहस हुन्छ । जुन कम्पनीको उद्देश्य भनेकै उत्पादन नभई सेवा प्रदान हो भने ती कम्पनी सेवामा लाग्ने लागत घटाउन चाहन्छन् ।          

 यिनै गिग एप बनाउनमा संलग्न ‘ब्याकएन्ड’का कर्मचारी अर्थात् इन्जिनियर, वित्तीय कर्मचारी, व्यवस्थापन र प्रशासनमा ठूलै खर्च लाग्ने गर्छ । ब्याकएन्डका लागि कार्यालय, वातानुकूलित व्यवस्था, विद्युत् र घरभाडा आवश्यक पर्छ ।रेस्टुरेन्टबाट आउने कमिसन एप कम्पनीको आम्दानीको मुख्य स्रोत हो । तर, एपका राइडर र ड्राइभरले निकै कम कमाउने मात्रै नभई आफूले प्रयोग गर्ने मेसिनको पनि खर्च उठाउनुपर्छ । आफ्ना साधनको बिमा र मर्मत सम्भार मात्रै नगरी राइडरले साधन गुमाउँदा ‘आफ्ना लागि आफैँले प्रहरी’ बन्नुपर्ने हुन्छ,’ कोइफी बताउँछन् । अर्थात् साधन हराउँदा कम्पनीले दिएको ट्र्याक गर्ने डिभाइस पनि आफैँले खोज्नुपर्ने हुन्छ । यस्ता एप कम्पनीको मोडल फल्न फुल्नका लागि यी एपको माग धेरै हुनुपर्छ, अर्थात् यी एप सजिलो, सस्तो र समय जोगाउने हुनुपर्छ ताकि प्रश्न नै नउठोस् ।  

  यहाँनेर ग्राहकलाई दोष लगाउन खोजिएको होइन, किनभने एप कम्पनीमाथि कानुनको व्यवस्था गर्ने ल्याकत ग्राहकमा हुँदैन । कोइफीका अनुसार हडतालका क्रममा धेरै ग्राहकले डेलिभरी शुल्क राइडरलाई प्रत्यक्ष नपुग्ने गरेको थाहा पाएर चकित भएका थिए । एप प्रयोगकर्ता पनि आफ्नै अप्रत्याशित कार्य समय, सार्वजनिक यातायात पूर्वाधार, समय अवरोध र जीविका लागतमा हुने परिवर्तनको अधीनमा छन् । खाना पकाउने वा फुर्सदमा रेस्टुरेन्ट जाने समय पनि एप प्रयोगकर्ताले पाइरहेका छैनन् । बेलायतमा हामी अन्य युरोपेलीका तुलनामा बढी समय काम गरिरहेका छाँै र हामीमध्ये आधाभन्दा धेरै मानिस दैनिक आठ घन्टाभन्दा बढी समय काम गर्छन् । यस अर्थमा खाना वा अन्य वस्तु आफ्नै ढोकामा पु¥याउने एप प्रयोग गर्न सहज देखिन्छ । 

जिम्मेवारी विधायिकाको काँधमा छ, जसले शून्य–घन्टा अनुबन्धको कामको वृद्धि र करिब ११ प्रतिशत कार्यबलको असुरक्षित कार्य व्यवस्थाको निरीक्षण गरेका छन् । जब कि लेबर पार्टीको नयाँ प्रस्तावले शून्य–घन्टा अनुबन्धलाई गैरकानुनी बनाउने लक्ष्य राखेको छ, तर लेबर पार्टीले गिग अर्थतन्त्रका श्रमिकको सुरक्षालाई बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई नरम पारेका छन् । लेबरको प्रस्तावले व्यवसायी अगुवाबाट आलोचनाको सामना गरिरहेको छ, किनभने यी व्यवसायीले कम्पनीमा लागत बढाउनुपर्ने हुन सक्छ ।

यो बढिरहेको द्वन्द्वले धेरै व्यवसायको अस्तित्व तिनका श्रमिकलाई मौलिक अधिकार अस्वीकार गर्ने हदसम्म जोडिएको छ । कोइफी यी व्यवसायले आफ्नो व्यवसायको अस्तित्व कर्मचारीको श्रममा निर्भर छ भन्ने बुझेका छन् । डेलिभरी एप व्यापार मोडेलमा शोषण अन्तर्निहित छ । कोइफीजस्ता राइडर आफ्ना हडताल र शोषणको अनुभव साझा गर्दा यो वास्तविकतालाई अस्वीकार गर्न झनै गाह्रो हुन्छ । 
(मलिक गार्डियनकी स्तम्भकार हुन्) द गार्डियनबाट