मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format २१:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:११:oo

मकवानपुरमा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ। लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। 

१३ फागुनदेखि १९ गतेसम्म मकवानपुरका १० वटै गाउँपालिकाहरूमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन अभियान सुरु गरिने भएको छ। 

अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। 

उनले खोप अभियानको अवधिमा मकवानपुरमा ५२० वटा खोप केन्द्रमार्फत करिब ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको बताए। यसका लागि जिल्लामा ३४० जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछन्।

सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता रहेकोमा नियमित दादुरा–रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए।

गत आर्थिक वर्षमा नेपालभर एक हजार ३५० जनामा दादुरा–रुबेला रोग देखिएको र त्यसमध्ये मकवानपुरमा ४० जना संक्रमित भेटिएको जनस्वास्थ्य अधिकृत घिमिरेले बताए। दादुरा–रुबेला संक्रमितमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष उमेर समूहको रहेको उनको भनाइ छ। 

अधिकृत घिमिरेले मकवानपुर जिल्लामा नियमित खोप कार्यान्वयनमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका उत्कृष्ट रहेको जानकारी दिए।