Skip This
सीतापाइला घटना : मृतकका शव पोस्टमार्टमका लागि अस्पताल लगियो [तस्बिरहरू]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Saturday, 27 July, 2024
संजित परियार काठमाडौं
२o८o फाल्गुण ९ बुधबार १४:५१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सीतापाइला घटना : मृतकका शव पोस्टमार्टमका लागि अस्पताल लगियो [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार १४:५१:oo

काठमाडौं सीतापाइलामा दुई छोरीसहित कोठामा मृत भेटिएकी ईश्वरी श्रेष्ठलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको छ। 

बुधबार बिहान दुई छोरीसहित श्रीमतीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले नजिकैको जंगलमा आत्महत्या गरेका छन्। झुन्डिएको अवस्थामा प्रहरीले उनको शव फेला पारेकाे थियाे।  

सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका– ६ बस्ने विकको शव पनि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

परिवारको हत्यापछि राजु आफैँले ससुरालीमा हत्याको सूचना दिएको बताइएको छ। प्रहरीले विकले श्रीमतीसहित दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।