आइसिसी विश्वकप लिग– २ मा नेपालले नामिबियाविरुद्ध खराब ब्याटिङ क्रम जारी राखेको छ । नेपालले छैटाैँ विकेटका रूपमा सेट ब्याट्सम्यान कुशल मल्ललाई गुमाएको छ ।
जेहार्ड रास्मुसको ओभरमा मल्लले आफ्नो विकेट क्याचआउटका रूपमा गुमाएका हुन् । उनले क्रस ब्याट खेल्ने क्रममा ब्रसेललाई सहज क्याच दिन पुगे ।
कुशलले ५२ बलमा ३६ रन बनाए । उनले आफ्नो इनिङ्समा तीन छक्का र एक चौका प्रहार गरे । कुशल आउट हुँदा नेपाल २६.३ ओभरमा १२४/६ को स्थितिमा रह्यो । क्रिजमा भीम सार्की १० रनमा छन् ।