१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालले ओपनर आसिफ शेखको विकेट गुमायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:५६:oo

नेपालले ओपनर आसिफ शेखको विकेट गुमाएको छ । एकदिवसीय करिअरमा १२औँ अर्धशतक पूरा गरेलगत्तै शेख एलबिडब्लू धरापमा आउट भएका हुन् । उनलाई स्कोल्ट्जले एलबिडब्लू आउट गरेका हुन् ।

शेखले ६४ बलमा आठ चौका र एक छक्का प्रहार गरी ५८ रनको योगदान दिए । उनी आउट हुँदा नेपाल १९.५ ओभरमा १००/४ को स्थितिमा रह्यो । यसअघि टस हारी पहिलो ब्याटिङ गरेको नेपालविरुद्ध नामिबियाका बर्नार्ड स्कोल्ट्जले तीन विकेट तथा ज्याक ब्रुसेलले एक विकेट लिए ।

नेपालले इनिङ्सको सातौँ ओभरमा दुई विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल १८ रनमा पेभेलिन फर्किए । सातौँ ओभरमा अनिल शाह शून्य रनमा आउट भए । यू–१९ का कप्तान देव खनाललाई ज्याक ब्रासेलले विकेट पछाडि ग्रिनबाट क्याचआउट गराए ।

ad
ad