Skip This
राजनीतिक विश्लेषक शंकर तिवारीलाई ३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ९ बुधबार o८:o५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक शंकर तिवारीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार o८:o५:oo

जारी कांग्रेस महासमिति बैठकलाई कसरी हेर्नुभएको छ ?
कांग्रेस महासमिति बैठकमा केन्द्रीय कार्य समितिबाट पास भएर पेस भएको निर्वाचनअघि गठबन्धन गर्नु हुन्न भन्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा पार्टी सभापति शेरबहादुर देउवाले सुरुमा असहमति जनाए पनि सोमवार मध्यराति सहमति जनाएपछि महासमिति सदस्यहरूमा उत्साह सञ्चरित भएको छ । यसले गर्दा यो महासमिति बैठक कर्मकाण्डी होइन, परिणाममुखी बन्ने सुनिश्चित भएको छ । 

गठबन्धनको विषयमा सभापति र महामन्त्रीबीचको विमतिको अन्तर्य के हो ?
कांग्रेसमा पार्टीको रुख चिह्नमा मत हाल्न नपाउने अवस्थाले गर्दा आममतदाताले कांग्रेस नै बिर्सने अवस्था बनेको थियो । यस्तो अवस्थामा निर्वाचनपूर्व गठबन्धन नगर्ने र निर्वाचनपश्चात् निश्चित मुद्दा र नीति तथा कार्यक्रमका आधारमा सरकार गठनका लागि गठबन्धन गर्ने महामन्त्री थापाको प्रस्तावले आमकार्यकर्तामा उत्साह थपेको छ । पार्टी सभापति शेरबहादुर देउवाले यही कार्यकाल मात्र हेरेर यसको विरोध गरेका छन् भने महामन्त्री गगन थापाले पार्टीको दीर्घकालीन हित हेरेर यस्तो प्रस्ताव गरेका छन् । यस प्रस्तावले अबका निर्वाचनमा कांग्रेसलाई माया गर्ने सबैले रुख चिह्नमै मत हाल्ने अवस्था बनेको छ । 

महासमिति बैठकपछिको कांग्रेसले गति लिन सक्ने सम्भावना कति देख्नुहुन्छ ?
सभापतिले देउवाले महामन्त्री थापाको प्रस्तावमा सहमति जनाएपछि कांग्रेसमा महामन्त्री थापाको कुरा सुनिन्न भन्ने अवस्थाको अन्त्य भएको छ । थापाले आठ बुँदामा विधान संशोधनको प्रस्ताव राखेर आगामी एक वर्षसम्म ती बुँदामाथि पार्टीको तल्लो तहसम्मका नेता, कार्यकर्ताको बृहत्तर सुझाब लिएर अर्को महासमिति बैठकबाट त्यसलाई परिमार्जन गर्ने प्रस्ताव गरेका छन् । यसले पनि पार्टी जीवनमा ऊर्जा थपेको छ