Skip This
सबैभन्दा ठूलो दल कांग्रेसको सम्पत्ति साढे नौ करोड 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ९ बुधबार o६:३८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सबैभन्दा ठूलो दल कांग्रेसको सम्पत्ति साढे नौ करोड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार o६:३८:oo

कांग्रेस लगातार दुई आर्थिक वर्षदेखि घाटामा, खर्च आधाभन्दा बढीले घट्यो

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले पार्टीको सम्पत्ति भने साढे नौ करोड मात्रै रहेको दाबी गरेको छ । पार्टीको केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले कांग्रेससँग चालू र स्थिर गरी नौ करोड ६७ लाख १५ हजार रुपैयाँबराबर सम्पत्ति रहेको लेखापरीक्षण प्रतिवेदन महासमिति बैठकमा पेस गरेका हुन् । 

प्रतिवेदनअनुसार पाँच करोड ५३ लाख ५५ हजार स्थिर र तीन करोड ४१ लाख एक हजार रुपैयाँ चालू सम्पत्ति छ । त्यस्तै, लगानीतर्फ तीन करोड रुपैयाँ छ । कुल सम्पत्ति ११ करोड ३५ लाख ९४ हजार रुपैयाँ रहे पनि दुई करोड २७ लाख ४२ हजार रुपैयाँ चालू दायित्व देखाइएको छ । भएको सम्पत्तिमध्ये बैंक तथा नगद मौज्दात एक करोड ९४ लाख १६ हजार रुपैयाँ छ । ‘पार्टीको जग्गा र घरको पुरानै मूल्यांकन भएकाले पाँच करोड मात्रै मूल्य देखिएको छ जुन असाध्यै न्यून हो,’ उनले भने, ‘हामी पुनर्मूल्यांकनको तयारीमा छौँ, त्यसपछि कांग्रेसको सम्पत्ति अहिलेको भन्दा धेरै गुणा बढी देखिनेछ ।’

कांग्रेस लगातार दुई आर्थिक वर्षदेखि घाटामा गएको देखिएको छ । प्रतिवेदनले आर्थिक वर्ष ०७९/८० मा चार करोड ३५ लाख १८ हजार रुपैयाँ र ०७८/७९ मा तीन करोड ८४ हजार रुपैयाँ घाटामा गएको हो । ०७९/८० मा तीन करोड ६४ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको कांग्रेसले सात करोड ९९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको देखाएको छ । त्यसअघि ०७८/७९ मा १४ करोड ८९ लाख ९४ हजार आम्दानी गर्दा १७ करोड ९० लाख ७८ हजार रुपैयाँ खर्च गरेको थियो । 

गत आवमा आम्दानीतर्फ सबैभन्दा बढी चन्दा तथा सहयोगबाट दुई करोड ६५ लाख ६४ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, सदस्यता, लेबी र नवीकरण शुल्कबाट ५७ लाख ६० हजार, प्रकाशन बिक्रीबाट ९४ हजार, सम्पत्ति बिक्री तथा लिलामीबाट दुई लाख २५ हजार र लगानीको आयबाट ३८ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ । सोही वर्ष निर्वाचनका लागि सबैभन्दा धेरै तीन करोड ८८ लाख ५७ हजार खर्च गरेको छ । त्यस्तै, कार्यालय सञ्चालनतर्फ तीन करोड २२ लाख ५० हजार, भ्रातृ संगठनतर्फ ४९ लाख ६० हजार र ह्रास तथा अपलेखनतर्फ ३९ लाख २६ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।