मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ८ मंगलबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ८ मंगलबार २o:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सिरियाविरुद्ध नेपालको सानदार सुरुवात, १९ मिनेटभित्रै तीन गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ८ मंगलबार २o:१७:oo

वाफ महिला च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपालले सिरियाविरुद्ध सानदार सुरुवात गरेको छ। पहिलो हाफको खेल चलिरहँदा नेपालले तीन गोलको अग्रता लिइसकेको छ। 

आक्रामक फुटबल खेलिरहेको नेपालले दशाैँ मिनेटमा अमिशा कार्कीको गोलमा अग्रता लिएको हो। डिबक्सको मध्यभागबाट सशक्त प्रहार गर्दै अमिशाले नेपालका लागि पहिलो गोल गरिन्। 

पहिलो गोल गरेको तीन मिनेटभित्रै नेपालले अग्रता दोब्बर पार्‍यो। यसपटक नेपालले प्राप्त कर्नर प्रहार सीधै गोलमा परिणत भएको थियो। १३औँ मिनेटमा अनिता बस्नेतले गरेको प्रहार सीधै गोलपोस्टमा छिरेको थियो। 

नेपालले १९औँ मिनेटमा सिरियाविरुद्ध तेस्रो गोल गर्‍यो। तेस्रो गोल मेसिन सावित्रा भण्डारी साम्बाको नाममा रह्यो। मिनी डिबक्समा प्राप्त पासलाई उनले वन टचमा बललाई जाली चुमाइन्। 

वाफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियासँग प्रतिस्पर्धा गरेको हो। नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन्।

आजको खेलमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आक्रामक फुटबल खेलाइरहेका छन्। नेपालको कप्तानी गोलकिपर एन्जिल्ला तुम्बापो सुब्बाले गरिरहेकी छिन्। प्लेइङ ११ मा कप्तान एन्जिलासँगै अमृता जैशी, गीता राना, हिराकुमारी भुजेल, रेखा पौडेल, पूजा राना, अमिशा कार्की, दीपा शाही, सावित्रा भण्डारी, प्रीति राई र अनिता बस्नेत छन्।