१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल एसबिआई बैंकद्वारा पशुपतिको कैलाशडाँडामा वृक्षरोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२९:oo

नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिरपरिसरमा वृक्षरोपण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले पशुपतिस्थित कैलाशडाँडामा वृक्षरोपण गरेको हो।

भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक आलोककुमार चौधरीको चारदिने नेपाल भ्रमणका क्रममा बैंकले उक्त कार्यक्रम गरेको हो। चौधरीले वृक्षरोपण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए।

कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, बैंकका सल्लाहकार छविराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैंकले पशुपति मन्दिरपरिसरमा यस प्रकारका कार्यक्रमहरू गर्दै आएको छ।