१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
श्रवण थापा सर्लाही
२०८० फाल्गुण ८ मंगलबार ०९:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीकाे हरिपूर्वामा तनावबीच सात महिनापछि नगरसभा सम्पन्न

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० फाल्गुण ८ मंगलबार ०९:४३:००

उग्र तनावबीच सात महिनापछि सर्लाहीको हरिपूर्वा नगरपालिकाको ११औँ नगरसभा सम्पन्न भएको छ । सम्पन्न सभामार्फत चालू आर्थिक वर्षका लागि हरिपूर्वा नगरपालिकाले ६४ करोड ६८ लाख ६७ हजारबराबरको नीति, कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।

यसमा संघीय वित्तीय समानीकरणतर्फ १० करोड ९० लाख, ससर्त अनुदानतर्फ १३ करोड २२ लाख, राजस्व बाँडफाँट आठ करोड ७५ लाख, विशेष अनुदानतर्फ एक करोड ७० लाख, प्रदेशको वित्तीय समानीकरणतर्फ ७९ लाख १४ हजार, समपूरक अनुदान २० लाख, विशेष अनुदानतर्फ ३० लाख सभासमक्ष पेस गरिएको थियो।

यस्तै, संघीय समपूरक अनुदानतर्फ एक करोड र प्रदेश राजस्व बाँडफाँटतर्फ ३० लाख, अनुमानित आन्तरिक राजस्व १३ करोड ५२ लाख ५३ हजार र आन्तरिक आम्दानी तथा सञ्चित कोषतर्फ १४ करोड अनुमानित बजेट स्वीकृत भएको नगर कार्यपालिकाले जनाएको छ ।

चर्को विरोधबीच सोमबार मध्याह्न नगरप्रमुख विनोदकुमार साह तेलीले बहुमत नगर सदस्यको सहभागितामा नगरसभा सम्पन्न भएकाे जानकारी दिए । मन्त्रालयले सरुवा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) शम्भुप्रसाद यादवको उपस्थितिमा नगरसभा सम्पन्न भएको छ । सरुवा भइसकेका भए पनि प्रमुख प्रशासकीय अधिकृत यादवले रमाना भने लिएका थिएनन् ।

नगरपालिकाको कार्यालय भवनमा नगरसभा चलिरहँदा बाहिर भने समर्थन र विरोधमा नाराबाजी भइरहेको थियो । सभा गर्नुपर्छ र गर्नुहुँदैन भन्ने पक्षको भिड नगरपालिकाबाहिर ठूलो नै थियो । नगरसभा हुन नदिने पक्षबाट हुन सक्ने जोखिमलाई लिएर बिहानैबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 

सुरक्षा व्यवस्था कडा

११औँ नगरसभालाई लक्षित गरेर नेपाल प्रहरीका डिएसपी दीपेन्द्र पञ्जियार थारूको नेतृत्वमा सयको संख्यामा नेपाल प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यसैगरी ५० जना सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो ।